Saturday, July 27, 2024

समाजमा मदनको मलमः चिया पसलबाटै थालिएको अभियान

प्रकाशित:

महेन्द्रनगर । एक व्यक्ति जो आफ्नो परिचय ‘धुम्रपान, मध्यपान तथा सुर्तीजन्य पदार्थको सेवन बिरुद्धको अभियन्ता’ बनाउँन सफल छन् । सायदै सुदूरपश्चिममा त्यो एकमात्र नाम हो, मदन चन्द । कञ्चनपुरको महेन्द्रनगर बजारमा एक चोक छ, सामान्य बोलिचालीको भाषामा सञ्चार चोकका नामले परिचित । जहाँ झण्डै २०/२५ वर्ष देखि एउटा चिया पसल सञ्चालनमा छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्रायः चिया पसलहरुमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको खपत औधी हुन्छ । महेन्द्रनगरको सञ्चार चोकमा रहेको त्यो चिया पसलमा ब्यानर र बोर्ड नै लागेको छ, धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन निषेधित क्षेत्र । सुन्दा अनौठो लाग्न सक्छ, जहाँ ग्राहकले धुम्रपानजन्य चुरोट, बिडि तथा सुर्तीहरु पसल सञ्चालक संग माग गरेमा वा बाहिरबाट ल्याएको भएपनि सेवन गर्ने प्रयत्न गरेमा सञ्चालकले त्यो व्यक्तिबाट चियाको पैसा पनि नलिने र धुम्रपान तथा सुतीजन्य पदार्थ सेवन गर्ने बानी नफेरे सम्म आफ्नो चिया पसल नआउन समेत आग्रह गर्दै पठाउँछन् । सञ्चार चोकको चिया पसलका सञ्चलनक ति व्यक्ति हुन्, मदन चन्द ।

मदन चन्द झण्डै २५ वर्ष देखि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन बिरुद्धको अभियानमा अनवरत छन् । उनी यो अभियानका सामाजिक कार्यहरुमा पनि संलग्न हुन्छन् । मदन एक्लै छैनन्, उनी संग हेल्प नेपाल नामक एउटा संस्था छ । मदन त्यो संस्थाका संस्थापक अध्यक्ष समेत हुन् । हेल्प नेपालको पहिलो प्राथमिकताको विषय धुम्रपान, मध्यपान तथा लागुऔषध र्दुव्यसन बिरुद्धको अभियान हो भने, सार्वजनिक रुपमा पाटी–पौवा, मठ–मन्दिर, सडक बाटो सरसफाई लगायत गाउँ समाजमा दुःख पिडामा रहेका अपांग, असहाय, दीन दुःखीहरुलाई व्यक्तिगत आर्थिक संकलनबाट सहयोग पुर्याउदै आएका छन् ।

धुम्रपान, मध्यपान तथा लागुऔषध र्दुव्यशन बिरुद्धका अभियन्ता मदन समयानुकुल विभिन्न अभियानहरु सञ्चालन गर्दै आएका छन । पछिल्लो समय उनले मदन अभियान चलाएका छन् । असक्त तथा असहायहरुको लागि भन्दै उनले आफ्नो चिया पसलमा दान पेटिका राख्दै मदन अभियान चलाएका हुन् ।

व्यक्तिहरुका विभिन्न उत्सव तथा खुशीका क्षणहरुमा उक्त चिया पसलमा पुग्ने जो कोही पनी मदन अभियानलाई सघाउँन पछि पर्दैनन् । मदन भन्छन्, ‘तपाई हाम्रो सानो दानले कुनै अप्ठ्यारोमा परेकोलाई निकै ठुलो राहत एवं नयाँ जिवन मिल्न सक्छ ।’ अप्ठेरोमै परेकाहरुको सहयोगार्थ आफ्नो टिमले उक्त मदन अभियान स्वरुप पसलमा दान पेटिका समेत राखिएको उनि बताउछन् ।

बुधबार मात्रै हेल्प नेपाल मार्फत मदन चन्द लगायतको टिम भीमदत्त नगरपालिका–५ बनगाँउमा बस्ने एक दमाई परिवारको नाजुक अवस्थामाथि मलम लगाउन पुग्यो । साथीहरूबाट चियाखाजा खर्च कटौती गर्दै सानो सहयोग, गर्न सकेको र अरुहरुले पनि त्यो परिवारलाई सहयोग गरिदिन मदनले आग्रह गरेका छन् । यसरी नै मदन हर क्षण, हरपल सामाजिक सेवा संगै आफ्नो व्यवसायिकता र अभियान समेत जारी राख्दै आएका छन् ।May be an image of 1 person and text that says "मदन अभियान दान दान-पात्र पात्र असक्त असहायको सहयोगार्थ"

No photo description available.

No photo description available.

 

ताजा समाचार

सम्बन्धित समाचार