Saturday, July 27, 2024

मनकारी उपप्रमुख जोशी ः आफुले पाएको पारिश्रमिकलाई जनताको सेवामा समर्पित गर्छिन

प्रकाशित:

महेनद्रनगर । भनिन्छ धर्म कमाउन मठ—मन्दिर,तिर्थ यात्रा धाई राख्नु पर्दैन ।धर्म कमाउन त दिनदुखी, गरिब, असहाय,अपाङ्गता भएका व्याक्तिहरुको पिर,मर्का,समस्या र भावनालाई बुझ्न अनिवार्य हुन्छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गरिब, असहाय,अपाङ्गता भएका व्याक्तिहरुको पिर,मर्का,समस्या र भावनीसलाई बुझ्ने कञ्चनपुरको भीमदत्त नगरपालिकाकी एक मनकारी उपप्रमुख हुन लिलम लेखक ।जसले स्थानिय निर्वाचबाट निर्वाचित भएको पहिलो वर्षमा नै भीमदत्त नगरपालिकाका विभिन्न वडामा रहेका दिनदुखी,गरिब,हरुलाई हरेक किसिमले सक्दो सहयोग गर्दै आईरहेकी छन् ।

नगर उपप्रमुख लेखक जोशीको शनिबार(आज)जन्म दिन । जोशीले जन्म दिनको अवसर पारेर भीमदत्त नगरपालिका बाट पाएको पारिश्रमिकबाट भीमदत्त नगरपालिकाका विभिन्न वडाहरुमा रहेका विपन्न,दलित,असहाय,गरिब परिवारलाई खाद्यन्न,नगद सहित अन्य सामाग्री समेत सहयोग गरेकी छन् ।जोशीले त्यो मात्र नभई कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयका रहेका बालबालिका संगै बसेर जन्म दिनको केक काट्दै अनाथ बालबालिकाहरु संगै खुसी साटासाट गरेकी छन् ।

जोशीले २०७९ सालमा भएको स्थानीय निर्वाचनमा इनै दिनदुखी,गरिब,दलित,हसहाय,वर्गहरुको सात सहयोगले आज भीमदत्त नगरपालिकाको उपप्रमुख जस्तो गरीमामय पदमा पुगेको बताईन् । आफुले सानो —तिनो सहयोग भएपनि निर्वाचनताका जनताका माझ गरेका बाचा पुरा गरिरहेको नगर उपप्रमुख जोशीको भनाई रहेको छ।

 

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार