Saturday, July 27, 2024

खैरो हेरोईन सहित एक जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासबाट प्रहरलिे अवैध लागुऔषध खैरो हेरोईनसहित एक जनालाई पक्राउ गरेको छ । मोटरसाईकलको हेल्मेटभित्र लुकाएर खैरो हेरोईन ओसारपसार गरिरहेका कैलालीको धनगढि उपमहानगरपालिका-११ बस्ने ३३ वर्षीय मान बहादुर रानालाई प्रहरलिे पक्राउ गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पुर्नवास नगरपालिका -सिमिरिपुल स्थित धनगढी बेलौरी हुलाकी सडकखन्डमा रानाले चलाएको सु प्र प्र ०१-०११ प २२६नम्बरको मोटरसाईकलाई शंका लागि चेकजाचँ गर्दा रानाले लगाएको हेल्मेबाट खैरो हेरोईन बरामद गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरिक्षक नरेशराज मल्लको कमान्डोमा खटिएको टोलिले ३ ग्राम खैरो हेरोईन सहित रानालाई पक्राउ गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार