Saturday, July 27, 2024

उचित मुआब्जा नपाउँदा कृष्णपुरका स्थानीय आन्दोलित

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका १ का स्थानीय नहर पीडितले महाकाली सिँचाई आयोजना (तेस्रो चरण)ले मुआब्जा दिनमा आलटाल एव छलछाम गरिरहेको गुनासो पोखेका छन । विगतमा स्थानीयसंग दिएको जानकारी भन्दा कम मुआब्जा दिन खोजेको भन्दै उनीहरु महाकाली सिँचाई आयोजना(तेस्रो चरण) बिरुद्धमा उत्रिएका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुधबार आयोजना र प्रशासनमा ज्ञापन पत्र बुझाएका उनीहरुले विगतमा कार्यालयबाट खटिएका कर्मचारीले मुआब्जाबारे दिएको जानकारी भन्दा अहिले कम घटाएर दिन खोजेको भन्दै आक्र्रोसित भएका छन ।

०७९ माघ २६ गते महाकाली सिँचाई आयोजना(तेस्रो चरण)का कर्मचारीले दिएको जानकारी अनुरुप खेतियोग्य जमिनको ९लाख, २४ हजार, ग्राभिल जमिनको ९लाख, ४४ हजार र कालोपत्रे सडकवाला जमिनको ११लाख ८५ हजार रुपैया मुआब्जा दिने बताएपनि अहिले आएर छलकपट गरिएको आरोप लगाएका छन ।

स्थानीय घनश्याम साउदले आफुहरुमाथि अन्याय भएको बताए । ‘उतिबेला हामीसंग एक भनियो, ‘उनले भने, ‘अहिले आएर घटाएर दिन खोजिएको छ ।’ नहर पीडित संघर्ष समितिका संयोजक दील बहादुर खत्रीले उतिबेला आयोजनाका कर्मचारीले मुआब्जा बारे गरेको बोलीबचन भन्दा अहिले ब्याक हुँदा अन्याय गरेकोले प्रशासन र आयोजना प्रमुखको ध्यानाकर्षण गराएको बताए ।

महाकाली सिँचाई आयोजना(तेस्रो चरण)का ईन्जिनियर शम्भु प्रशाद पण्डितले सो क्षेत्रको मुआब्जा निर्धारणका लागि नगरपालिका, मालपोत, बैंक सहितका स्थानीयसंगको छलफलबाट निर्धाण गरिएको बताए । ईन्जिनियर पण्डितले मुआब्जा बारे आफुले उनीहरुसंग पटक पटक जानकारी दिदा समेत बुझ्दै नबुझे जस्तो गरिरहेको बताए ।

No description available.

ताजा समाचार

सम्बन्धित समाचार