Saturday, July 27, 2024

कञ्चनपुरमा ट्राफिक प्रहरीको उल्लेखनिय प्रगतीः गत वर्षभन्दा दोब्बर राजश्व सङ्कलन, सडक दुर्घटनामा कमी

प्रकाशित:

महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर राजश्व संकलन गरेको छ । गत आ.व. ०७८/०७९ मा ८६ लाख ५४ हजार ५ सय राजश्व संकलन भएकोमा चालु आ.व. ०७९/०८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले झण्डै दोब्बर एक करोड ४८ लाख ६२ हजार ५ सय रुपैँया राजश्व संकल भएको जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गत वर्षहरुको राजश्व संकलन अनुपात भन्दा यो आर्थिक वर्षमा बढी राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक उमेश चन्दले बताए । ‘गत विगतका वर्षहरुको राजश्व संकलन अनुपात भन्दा यो आ.व. मा निकै राम्रो अर्थात झण्डै दोब्बर नै राजश्व संकलन भएको छ ।’ प्रहरी निरीक्षक चन्दले भने, ‘सवारी चेकजाँच कार्यक्रमहरु बढाउँदा, सडक दुर्घटनाहरु कम भए भने राजश्वमा पनि वृद्धि भयो ।’

ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सवारी चेकजाँचमा कडाइ थालेपछि सडक दुर्घटनाका समेत कमि आएको छ । गत वर्ष भन्दा चालु आ.व. मा ३२ सडक दुर्घटना कम भएका छन् । ०७८/०७९ मा ९७ सडक दुर्घटना भएकोमा चालु आव. ०७९÷०८० मा त्यो संख्या घटेर ६५ मा झरेको छ । सडक दुर्घटनाको संख्या घटेपनि चालु आ.व.मा ४३ जनाले सडक दुर्घटनामै ज्यान गुमाएका छन् । यो संख्या गत वर्ष भन्दा १० ले बढी छ ।

लागु औषध दुव्र्यसनी र सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले महिनामा कम्तिमा चार पटक फरक–फरक स्थानमा जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको कार्यालय प्रमुख प्रहरी निरीक्षक चन्दले बताए । विभिन्न सार्वजनिक स्थान, स्कुल–कलेज र चालक परिचालकहरुलाई ट्राफिक नियम एवं सुरक्षा सावधानीका लागि जनचेतना मूलक कार्यक्रमहरु गर्ने आएको उनले बताए ।

चालु आव. ०७९/०८० मा ९५ ओटा जनचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरेको र उक्त कार्यक्रमबाट १० हजार एक ४२ जना लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गत वर्ष जम्मा २८ मात्रै त्यस्ता कार्यक्रम भएको जनाइएको छ । सबै क्षेत्र तथा पक्षहरु संग सहकार्य गरेर सडक दुर्घटना र लागु औषध दुव्र्यशनी न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु र सवारी चेकजाँचमा कडाई गर्नाले बढी राजश्व संकलन गर्न सफल भए संगै सडक दुर्घटनामा कमी आएको प्रहरी निरीक्षक चन्दको दाबि छ ।

चालु आव. ०७९/८० मा मापसे काबार्ही पर्नेहरुको संख्या एक हजार ९५ रहेको छ । जसबाट मात्रै प्रहरीले १० लाख ९५ हजार राजश्व संकलन भएको छ । गत आव. ०७८/०७९ भन्दा यो संख्या पाँच गुणाले बढि हो ।

अहिले कञ्चनपुरमा १० ओटा अस्थाई ट्राफिक प्रहरी पोष्ट रहेका छन् । जसमध्ये ४ ओटा महेन्द्र राजमार्गमा पर्छन । सबै भन्दा बढी राजश्व संकलन दैजी र कलुवापुर अस्थाई ट्राफिक प्रहरी पोष्टले गर्दै आएका छन् ।

कञ्चनपुरको महेन्द्रनगर नै स्थायी घर भएका प्रहरी निरीक्षक चन्द जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको प्रमुख भएर कार्यभार सम्हालेपछि तुलनात्मक रुपमा गतवर्षहरु भन्दा सडक दुर्घटनामा कमी, राजश्व संकलनमा बृद्धि एवं समाजमा शान्ति, अमन चयन र ट्राफिक प्रहरी संगको सहकार्यमा उल्लेखनिय प्रगति भएको महाकाली बस व्यवसायी संघका अध्यक्ष डम्बर पन्तले बताए ।

जिल्लामा दरबन्दी अनुसार जनशक्ति भएमा ट्राफिक प्रहरी यो भन्दा झनै बढी सशक्त, राजश्व संकलनमा बृद्धि र सडक दुर्घटना न्यूनिकरण गर्नमा सफल हुँने कार्यालय प्रमुख प्रहरी निरीक्षक चन्दले बताए । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुर संग हाल ५४ जना मात्रै जनशक्ति रहेको छ ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार