Saturday, July 27, 2024

किन बारम्बार पत्रकारहरुसंग निहु खोजिरहन्छ कञ्चनपुर प्रशासन?

प्रकाशित:

पत्रकारलाई भिडियो खिच्न रोक लगाएपछि सहायक सिडिओ जोशी माथि खनिए पत्रकारहरु !
कञ्चनपुर ! असार २० : केही दिन अगाडि मात्रै कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हालेका गोपाल प्रसाद अधिकारीले बुधबार दिउँसो ४ बजे सञ्चारकर्मी सँगको परिचयात्मक कार्यक्रम राखेका थिए । कञ्चनपुरमा सञ्चार क्षेत्र संग आवद्ध पत्रकारहरु , जिल्ला प्रशासनका सहायक सिडिओ धर्मराज जोशी र सिडिओ अधिकारीको उपस्थिति सँगै सुरु भयो परिचयात्मक कार्यक्रम !

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कार्यक्रमको सुरुमा सहायक सिडिओ जोशीले कार्यक्रमको अध्यक्षता र अथित्यता ग्रहण गराउँदै कार्यक्रमको विषयवस्तुको बारेमा जानकारी पनि गराए र प्रमुख जिल्ला अधिकारीले सञ्चारकर्मीहरुलाई जिल्ला रहेका जनताको जनजीविका र प्रशासनिक कामकाजको विषयमा केन्द्रित रहेर सुझाव सल्लाह अगाडि बढाउन आग्रह गरे । छलफलको सुरुवात गरे पत्रकार महासंघ कञ्चनपुर शाखा अध्यक्ष माधव धामीले , र उनले जिल्लामा रहेको भारत सँगको खुल्ला सिमानाका कारण भोग्नु परेको समस्या, पत्रकार र प्रशासन सँगको सहकार्य लगायत विषयमा कुरा राखे । पत्रकारहरुको सुझाव सल्लाह राख्ने क्रम जारी रह्यो र सञ्चारकर्मीले आफ्ना विषय राखिसके पछि छलफलमा उठेका विषयलाई उद्धत गर्दै प्रमुख जिल्ला अधिकारीले आफ्नो मन्तव्य सुरु गरेकै बेला विवाद उत्पन्न भयो ।

कसरी सिर्जना भयो विवाद ?

प्रजिअ अधिकारीले पत्रकारले राखेका विषयबस्तु अहिले आफ्ना विषय राख्ने क्रममा पत्रकारले भिडियो खिचेपछि सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भिडियो नखिच्न निर्देशन गरे । उनले भने ,“अनौपचारिक कार्यक्रम हो भिडियो नखिच्नु , अघि तपाईहरुले बोल्ने बेला किन ?खिच्नु भएन, अहिले सिडियो साप बोल्दा खिचिदिनु भएन, भने, । जबकी उक्त कार्यक्रम प्रजिअकै अध्यक्षतामा राखिएको थियो । कार्यक्रमको अध्यक्षता नै प्रजिअ अधिकारीकै अध्यक्षतामा राखियो, भिडियो खिच्न किन नपाउने भन्दै पत्रकारले प्रतिकृया दिए । केही बेर हल चर्काचर्की भयो ।

सोही क्रममा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका कोषाध्यक्ष जयदेव जोशीले सहायक प्रमुख जिल्ला अधिकारी जोशीलाई लक्षित गरेर हामीले १८ बर्षदेखि फिल्डमा काम गरेका छौँ, हामीपनि डिग्रीहोल्डर हौँ, किन हामीलाई कानुन पढाईरहनुप¥यो ? भाई हामीलाई पनि धेरै थाहा छ, यसरी सिडियो साप बोल्ने बेलामा ओभरट्याक गरिदिनु भएन् भन्दै कोषाध्यक्ष जोशीले राखेको उक्त विषयमा सहायक प्रजिअ जोशीले म तपाईको भाई होईन भन्दै प्रश्नको जवाफ दिए ।

यस्तै कार्यक्रमम सहभागी अन्य पत्रकारहरुले पनि प्रशासनको समयसमयमा हुने यो किसिमको व्यवहारको विरोध गरेका थिए । धेरैले त कार्यक्रममै कञ्चनपुर प्रशासन निकम्मा रहेको संज्ञा पनि दिए ।यसरी सार्वजनिक पद धारण गरेका व्यक्तिकै अध्यक्षतामा भएको कार्यक्रममा त्यैपनि आइतबारदेखि राहदानी सेवादेखि जिल्लाको शान्ति सुरक्षा र सुशासनको विषयमा नव प्रजिअकै कार्यक्तममा भिडियो खिच्न रोक लगाउने कार्यबाट प्रशासन आफै कति पारदर्शी छ भन्ने विषयको झल्को दिएको छ ।

तर, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले आफुले बोल्ने विषयको भिडियो खिच्दा कुनै फरक नपर्ने बताएका थिए । सार्वजनिक कार्यक्तम त्यसकै पनि अध्यक्षता ग्रहण गरेका कार्यक्रममा पत्रकारसंग भिडियो खिच्न नपाईको विषयले शासन र सत्तामा बसेका मान्छेको मानसिकता राणशैलीकै भएको पत्रकारले टिकाटिप्पणी गरेका छन ।केही समय अगाडि मात्रै प्रहरीले कञ्चनपुरको गड्डाचौकीमा समाचार संकलनका बेला पत्रकारहरुलाई दमन गरेपछि पनि विवाद उत्पन्न भएको थियो ।

आजको कार्यक्रममा कहा चुके सहायक जिल्ला अधिकारी जोशी ?

पहिलो कुरा : कार्यक्रमको सञ्चालकको भूमिकामा रहेका जोशीले सुरुमै कार्यक्रमको विषयवस्तुको बारेमा जानकारी गराउँदा नै कार्यक्रम अनपौचरीक हो भिडियो फोटो वा अन्य समाचार सामग्री नखिदिनु होला भनेर जानकरी गराइदिनु पर्ने थियो तर उनले त्यो जानकारी भने गराएनन् । अझै बरु उनी पत्रकारहरुलाई कानुनको विषयमा पढाउन थाले ।दोस्रो कुरा : प्रमुख जिल्ला अधिकारीले आफ्नो बोलेको रेकर्ड गर्दा हुन्छ भन्ने मानसिकतामा रहकै बेला सहायक सिडिओले बोलिरहेको बेला बीचमै पत्रकार माथी हस्तक्षेप गर्न खोज्नु उनको अपरिपक्कता जस्तो देखिन्थ्यो

ताजा समाचार

सम्बन्धित समाचार