Saturday, July 27, 2024

नगरपालिका सहित विभिन्न दाताहरुद्वारा पुनर्वास निःशुल्क बोट बिरूवा वितरण

प्रकाशित:

किशोर तामाङ ।
पुनर्वास । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र स्थित पुनर्वास नगरपालिका वडा नं १० मा रहेको कुण्डा सव डिभिजन वन कार्यालय पचगडियामा प्रत्येक बर्ष झैं यस बर्ष पनि विभिन्न जातका बोट विरुवाहरू निशुल्क बितारण गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पुनर्वास नगरपालिका र डिभिजन बन कार्यालय कञ्चनपुरको को आर्थिक सहयोग र कुण्डा सव डिभिजन वन कार्यालय पचकडियाको सहाकार्यमा उत्पादन भएका विरुवाहरू आज निशुल्क रूपमा वितरण गरिएको हो।

कुण्डा सव डिभिजन बन कार्यालयका प्रमुख दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित निशुल्क बोट बिरुवा बितरण कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ज्यूको प्रमुख आतिथ्य र उपप्रमुख भुलिया कुमारी रानाको विशिष्ट अतिथ्य रहेको थियो। यसैगरी अतिथिमा वडा नं ६ का वडाध्यक्ष मित्र सिंह लामा,वडा नं १०का वडाध्यक्ष सुकदेव राना , ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईन्चार्ज प्रहरी निरीक्षक नरेश राज मल्ल ,स्थानिय वडा सदस्यहरु, समाजसेवी , बुद्धिजीवी र कृषकहरूको उपस्थिति रहेको थियो।

नगरपालिकालाई हरियाली र सुन्दर बनाउने उद्धेश्यले सन्ततिका लागि सोचौ, समृद्धि र हरियाली को लागि बृक्षारोपण गरौ। भन्ने मुल नाराका साथ नगर र बन कार्यालयको बार्षिक कार्यक्रम अन्तर्गत १ लाख विरूवा उत्पादन गरि निशुल्क रूपमा वितरण गर्न लागेको कुण्डा सव वन डिभिजन कार्यालय पचगडियाका प्रमुख यादवले जानकारी दिए ।

प्रमुख अतिथिको रूपमा रहेका नगर प्रमुख तोय प्रसाद शर्माले हरियो वन नेपालको धन” भन्ने मूल मन्त्र लाई अंगीकार गर्दे वृक्षरोपण फेसनका लागि होइन रोपेको बिरुवा जोगाउन जरुरी भएको बताउनुभयो ।

कतिपयका घरमा रूख बिरुवा छैनन् । बढ्दो सहरीकरण, वनविनाश अनि खेतीयोग्य जमिन बाँझै रहने क्रम तीव्र हुनाले मानिसलाई अक्सिजन कमी हुँदैछ ।यसैक्रममा सकारात्मक सोचसहित रोपिएको बिरुवाबाट मानव स्वास्थ्यलाई पुग्ने फाइदाको बारेमा सोच्दै नगरपालिकालाई हरियाली र सुन्दर बनाउने कार्यमा एकजुट हुन अनुरोध गर्नुभएको थियो।

नगर प्रमुख शर्माले नगर र बन कार्यालयको सयुक्त प्रयासमा सञ्चालन गरिएको सन्ततिका लागि सोचौ, समृद्धि र हरियाली को लागि बृक्षारोपण गरौ।

भन्ने अभियानलाई सफल पार्न सम्पुर्ण नगरवासीहरुमा आह्वान गर्नुभएको छ। यसैगरी बिरूवा वितरण कार्यक्रममा बिशिष्ट अतिथ्यमा रहेका नगर उपप्रमुख भुलिया कुमारी रानाले नर्सरी उत्पादन निकैनै राम्रो भएको छ ,यो उत्कृष्ट कार्य मा अहोरात्र खटिएका वन कार्यालय परिवार र कुण्डा सव डिभिजन वन कार्यालय प्रमुख दिनेश कुमार यादवलाई हृदय देखि धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यालय द्बारा उत्पादन गरिएका बिरुवाहरूमा टिक, अमला, मसला, बकाइनो, जामुन, टाकी, निम, पारिजात प्रजातिको रहेको छ। बिरूवा वितरण गर्दा सहज बनाउन बिरूवा लिन आउने सेवाग्राहीले ५० गोटा बिरुवा को लागि नेपाली नागरिकता को प्रतिलिपि, ५१गोटा देखि २९९ गोटा सम्म जग्गाधनी प्रमाण पत्र को प्रतिलिपि, ३०० गोटा देखि माथि सम्बन्धित बडा कार्यालय को सिफारिस पेश गर्नुपर्ने र सघ सस्थाको लागि प्रावधान रहेको कुण्डा सव वन डिभिजन कार्यालय पचगडियाका प्रमुख यादवले बताए।

वन कार्यालय ले हरेक वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर विभिन्न क्षेत्रमा निःशुल्करूपमा वितरण तथा बन जङ्गल क्षेत्र मा वृक्षारोपण गर्दै आइरहेका छ्न।

ताजा समाचार

सम्बन्धित समाचार