Saturday, July 27, 2024

कञ्चनपुरमा धान खेती गर्ने कुल क्षेत्रफल १ लाख ६१ हजार ७ सय ४१ हेक्टर

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । आज २०औ राष्ट्रिय धान दिवस २०८० किसानहरुका लागि महत्वपुर्ण दिन । मानो रोपेर मुरि अन्नको भन्डारण गर्ने आसमा महिनौ महिना कुरी बसेका हुन्छन् किसान ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

विक्रम संवद २०६२ साल देखि असार १५लाई राष्ट्रिय धान दिवसको रुपमा मनाईदै आईरहेको छ ।हरेक वर्ष असार १५ मा बनाईने धान दिवस शुक्रबार किसानहरुले खेतमा धान रोपेर मनाएका छन् ।हिलो मैलो र घाम पानी नभनी किसानहरु असार महिनाभरी धान रोप्न व्यस्त हुन्छन् ।जलवायु अनुकुलित कृषक मैत्री प्रविधि,धान उत्पादनमा बृद्धि, भन्ने मुल नाराका साथ कञ्चनपुरमा पनी धान दिवस भव्यताका साथ मनार्ईएको छ ।

कृषी तथा पशुपक्षी विकास मन्त्रालय प्रधानमन्त्री कृषी आधुनीकरण परियोजना कार्यालय इकाई कञ्चनपुर र प्रदेश सरकार सुदुरपश्चिम प्रदेश भुमी व्यावस्था,कृषी तथा सहकारी,कृषी विकास निर्देशनालय कृषी ज्ञानकेन्द्र कञ्चनपुरल आयोजनामा २०औ राष्ट्रिय धान दिवस मनाईएको हो। धान दिवसको अवसरमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १७ मा रहेको कृषी सहकारी बाली कमाउदै आईरहेको जमिनमा यात्रिकीरण प्रविधिबाट रोपाई गरिएको हो । कञ्चनपुर जिल्लाको हकमा धान खेती गर्ने कुल जिल्लाको क्षेत्रफल १ लाख ६१ हजार ७ सय ४१ हेक्टर जमिन रहेको कृषी ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरि जोशीले बताएका छन् ।

जिल्लाको खेती योग्य जमिन ६९ हजार ६ सय तीन हेक्टर रहेको लगभग ३६.८ प्रतिशत रहेको छ भने यसमा पनि जिल्लाका खेति गरिएको क्षेत्रफल ५६ हजार ६ सय २ हेक्टर ३५ प्रतिशत रहेको जोशीले बताए ।जिल्लामा कृषी पेशामा निर्भर जनसख्या ७२ प्रतिशत रहेको छ ।पछिल्लो समय कञ्चनपुर जिल्लामा सीचाईको अवस्था हेर्ने हो भने ७१ प्रतिशत जमिन सिचाई सुविधा भएको तथ्याङ्कले देखाएको छ । तराईका जिल्लामा फल्ने प्रमुख बालीको रुपमा धान खेतीलाई लिएको छ भने कञ्चनपुर जिल्लामा मात्र ४८ हजार ४ सय ९६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषी ज्ञान केन्द्र कञ्चनपुरका तथ्याङ्कल बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार