Saturday, July 27, 2024

नगर उपप्रमुख जोशी द्धारा विपन्न दलित परिवारलाई खाद्यान्न र नगद सहयोग

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाकी नगर उपप्रमुख निलम लेखक जोशीले विपन्न तथा दलित परिवारलाई सहयोग गरेकी छन् ।जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १३ बस्ने शेर बहादुर दमाईको परिपारलाई खाद्यान्न लगाएत अन्य सामाग्री सहयोग गरेकी छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिका वडा नम्बर १३ बस्ने शेर बहादुर दमाईको छोरा पारस दमाई विगत लामो समय देखी रोजगारीको सिलसीलामा भारतको बेङ्लोरमो शहर काम गर्दै आईरहेका थिय । बेङ्लोरमा पारसको अराजक समुहले चक्कु प्रहार गरि हत्या गरेका थिए ।घरको कमाउने छोराको मृत्यु भएपछि दमाई परिवारको विचल्लीत भएको अवस्थालाई मध्यनजर गर्दै उपप्रमुख जोशीले खाद्यान्न लगाएत क्रिया खर्च स्वरुप नगद समेत सहयोग गरेकी हुन ।भीमदत्त नगरपालिकाकी मनकारी उपप्रमुख जोशीले सहयोगको भावना राखि धेरै पिडित,विपन्न,दलीत अशक्त,असहाय,एकल महिला, हरुलाई सहयोग गर्दै आईरहेकी छन् ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार