Saturday, July 27, 2024

बयालपाटा अस्पताललाई प्रदेश सरकारले दिदै आएको सुविधामा कमि हुन दिने छैन मुख्य मन्त्री – शाह

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । सुदुरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल शाहले अछाम जिल्लाको बयालपाटा अस्पताललाइ प्रदेश सरकारले दिदै आएको सुविधामा कुनै कमि हुन नदिने बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सनिबार स्वास्थ्य कार्यालय कञ्चनपुर र बेलौरी नगरपालिकाको आयोजना गरेको सिकलसेल एनिमिया निः शुल्क स्वाथ्य शिविर उद्घाटन कार्यक्रममा बोल्दै शाहले अछाम जिल्लाको नमुना मात्र नभएर देशकै नमुना बयालपाटा अस्पताललाई गत विगतका वर्ष हरुमा प्रदेश सरकारले दिदै आएको सुविधामा कमि हुन नदिने बताएका हुन।

शाहले आफु प्रदेश सरकारको नेतृत्वमा भएको कारणले सुदुरपश्चिमको हरेक कुनामा प्रदेश सरकारको दृष्टि पुग्नु पर्छ भन्ने मान्यताका साथ कञ्चनपुरका जनता तथा पत्रकारको अगाडि बयालपाटा अस्पताको बार्यमा आफ्ना कुरा व्यक्त गरेको बताए । मुख्य मन्त्री शाहले प्रदेश सरकारले असार १ गते गरेको विभिदता बजेट भाषणमा अछामको बयालपाटा अस्पतालमा केहि कन्फीयुजन भएको बताए।

शाहले बयालपाटा अस्पतालको समस्याको दिगो व्यावस्थापन र अस्पताललाई कुन मोडेलमा लैजाने, कसरी अगाडि बढाउने भन्ने सन्र्दभमा पनि पुन १ महिना पछि प्रदेश सरकारको बैठक बसी अस्पतालमा देखिएको समस्याको समाधानको लागि प्रदेश सरकार लागि पर्ने मुख्य मन्त्री शाहले बताएका छन् ।मुख्य मन्त्री कमल शाह सुदुरपश्चिम सरकारका तेस्रो मुख्य मन्त्री हुन । अछामको बयलपाटा विदेश दातृ निकायको सहयोगमा न्याय हेल्थ नेपालको व्यावस्थापनमा बयालपाटा अस्पताल संचालन हुदै आईरहेको थियो ।

बयालपाटा अस्पतालले विगत १४ वर्ष देखि अछाम सहित सुदुरपश्चिम पहाड तथा कर्णाली प्रदेशका जनतालाई समेत निशुल्क रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।सुदुरपश्चिम प्रदेशको यसअघि भएका बजेट भाषणमा बयालपाटा अस्पतालका लागि प्रत्येक वर्ष ७,८ र ९ करोड रकम विनियोजन हुनेगरेको हुदा यसवर्ष वर्षको बजेट विनियनेजनमा अस्पतालका नाम समेत समाबेश नहुदा अछाम लगाएत बयालपाटा अस्पतालबाट स्वास्थ्य सेवा लिदै आईरहेका मानिसहरुका आसा निरासामा परिणत भएका छन् ।

आर्थिक भारले अस्पता संचालनमा कठिनाई आईरहेको बेला झन् प्रदेश सरकारले आवश्यक बजेट विनियनेजित गर्नुको साटो नाम सहित समाबेश नगर्दा प्रदेश सरकार निकै आलोचीत बनेको छ । यस पटक अछाम क्षेत्र नं १ प्रदेश सभा क बाट मेघ राज खड्का प्रदेश सभा सांसद छन् भने ख बाट झपट बहादुर साउँद सामाजिक विकास मन्त्री छन् ।सामाजिम विकास मन्त्रालय अन्र्तरगत नै अस्पताल पर्ने भएपछि यस क्षेत्रको प्रतिनिधित्व गरेका मन्त्रीले अस्पतालको बारेमा खासै चासो नदेखाएको अछामका नागरिकले गुनासो गर्ने थालेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार