२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

एनआरएनएको दुबैमा हुने आठौँ क्षेत्रिय अधिवेशन –अध्यक्षको दौडमा बिष्ट

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । दुबैमा हुने एन.आर एन .एको क्षेत्रिय अध्यक्षको पदमा सुदुरपश्चिम सेवा समाज (युएई)का कोषाअध्यक्ष तारा शिह बिष्टले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

रोजगारीको शिलसिलामा दुबैमा बस्दै आइरहेका श्रमजिवि नेपालीहरुको हकहितको क्षेत्रमा काम गर्ने उदेश्यका लागि आफ्नु उम्मेदवारी दर्ता गराएको बिष्टले आभाषकुञ्जलाई बताए ।संगठन भित्रका बेथिति हरु निर्मुल पारी दुबै मा रहेका नेपालीहरुका अधिकारहरु सुनिस्चित गर्ने, संगठनमा आफुपारदर्शी ढंगले काम गर्ने उनको भनाई रहेको छ ।

एन.आर एन ए मा उच्च ओहोदाका व्यक्तिहरुको मात्र पहुच रहने कुराको अन्त्य गर्दै सबै नेपालीहरुको समान अधिकार रहने भएकोले दुबैमा रहेका श्रमिक नेपालीहरु संग हातेमालो गर्दै आफु अगाढि बढ्ने उनले बताए ।
जुलाई १० तारिखमा दुबैमा हुनगईरहेको एनआरएनए अधिवेशनमा बिष्टले ५ वटा चुनावि ऐजेन्डालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

बिष्टका मुख्य चुनावि ऐजेन्डा यसप्रकार रहेका छन् ।
१ भ्रटाचार मुक्त संगठन
२ दु्बैमा रहेका नेपाली श्रमिकहरुका हक अधिकार सुनिस्चित गर्ने ।
३ संगठनमा श्रमजिवि सबै नेपालीको बराबर पहुचको लागि काम गर्ने ।
४श्रमिकहरुमाथि दुबैमा हुने गुन्डागर्दी र त्रासमुक्त संगठन निर्माणको लागि आफ्नु क्षमताले भ्यायसम्म दिनरात नभनी काम गर्ने ।
५ संगठन र गैर आवासिय नेपालीहरुको हक अधिकारको सुनिश्चिता गर्ने बिष्टका चुनावि उेजेन्डा रहेका छन् ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार