Thursday, March 28, 2024

निड्स नेपाल द्धारा पालिकास्तरका नव निर्वाचित जनप्रतिनिधिहरुलाई विपद् सम्बन्धि क्षमता अभिवृद्धि तालिम

प्रकाशित:

महेन्द्रनगर । विपद् सम्बन्धि आपकालिन पुर्वतयारी तथा प्रतिकार्यका साथै आपत कालिन समयमा लैङ्गिता सम्बन्धि २ दिने तालिम संचालन भएको छ ।अक्सफाम नेपाल र निड्स नेपालको साझेदारीमा स्थानिय विपद् व्यावस्थापन समितिका पदाधिकारीहरुलाई २ दिने अभिमुखीकरण तालीमको आयोजना गरेको हो ।

अक्सफाम नेपाल र निड्स नेपालको साझेदारीमा संचालीत स्कोप .आर .थ्री परियोजनाले विपद्को उच्च जोखीममा रहेका पालिकामा विगत ३ वर्षे देखि काम गर्दै आईरहेको छ ।विषेश त कञ्चनपुरका बाढि प्रभावित पालिकाहरु भीमदत्त नगरपालिका,वेलडाडी गाउपालिका, दोधारा चादँनी नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकामा परियोजनाका कार्यक्रम संचालनमन रहेका छन् ।बाढिको जोखिमको क्षेत्रमा रहेका वडा, समुदाय, नगरपालिकामा स्कोप. आर.थ्री परियोजनाले काम गर्दै आईरहको छ ।

मुख्य तया समु्दाय स्तरको विपद् व्यावस्थापन समिति गठन गरि भोली जोखीम आउदा सबै भन्दा पहिले समुदायनै प्रभावित हुने र समुदायले नै प्रतिकार्य गर्ने भएकोले समुदायको क्षमता अभिवृद्धिको लागि पुर्व सुचना,खोज उद्धारका सामाग्री,प्राथमीक उपचारका कुराहरु लगाएत जुन व्याक्तिहरु जोखिममा छन् जो एकदमै विपन्न छन् ति वर्गका मानिसहरुका लागि आयआर्जनको क्षेत्रमा उहाहरुको अवस्थालाई ध्यानमा राखि गहयोग गर्ने गरेको स्कोप.आर.थ्री. परियोजना कञ्चनपुरका संयोजक ईश्वर उपाध्यायले बताए ।

पालिका स्तरका नव निर्वाचित जनप्रतिनिधिहरुलाई विपद् व्यावस्थापनको क्षेत्रमा कम अनुभव हुने भएकोले विपद् व्यावस्थापनको क्षेत्रमा महत्वपुर्ण रुपमा अगाडि बढाउन विपद्लाई मुल प्रवाहिकरण गर्नेको लागि ४ पालिकाका नगरप्रमुख,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत,वडा सदस्य,वडा अध्यक्ष,पालिकका विपद् फोकल पर्सनहरुलाई विपद् व्यावस्थापन प्रतिकार्य सम्बन्धि क्षमता वृद्धिका लागि तालिमको आयोजना गरेको उपाध्यायले बताए परियोजनाले पालिका संग समन्वय गरि कार्यपालिकाको बैठक बसी बाढिको उच्च जोखिममा रहेका समुदायमा समुह स्तरीय विपद् व्यावस्थापन समुह गठन गरेको छ ।

भीमदत्तमा १६,दोधारा चादनीमा १०,वेल्डाडी ८,परशुराम नगरपालिकामा ६ वटा गरि४०समुह गठन गरेको उपाध्यायको भनाई रहेको छ ।निड्स नेपाल कञ्चनपुरले कञ्चनपुरमा विपद् लगाएका कृषी आयआर्जन क्षेत्रमा समेत लामो समय देखि ठुलो सहयोग गर्दै आईरहेको हुदा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटिले धन्यवाद व्याक्त गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार