Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

युवा संघ र अनेरास्ववियूको स्थापना दिवसका अवसरमा महेन्द्रनगरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित:

Advertisements

महेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपालको ३४ औं र अनेरास्ववियुको ५९औ स्थापना दिवसको अवसरमा महेन्द्रनगरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोमवार महेन्द्रनगरमा उक्त बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बताए । उक्त रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन्।

रक्तदान कार्यक्रममा नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र बिष्ट, केन्द्रीय लेखा आयोजक सदस्य इश्वरी प्रसाद खरेल, प्रदेश कमिटीका नेताहरु अशोक कुमार चन्द, महेश पन्त, नर बहादुर बि.क., राष्ट्रिय युवा संघ नेपाल लेखा आयोग सचिब प्रबिन बोगटी, पार्टी उप सचिव कर्ण बहादुर चन्द, अनेरास्ववियु स्थाई कमिटी सदस्य राजेन्द्र बोहरा, नेता रामचन्द्र रेग्मी, भीमदत्त नगरकमिटि अध्यक्ष हिमाल चन्द, कृष्णपुर नगर कमिटी अध्यक्ष गणेश सिह ऐरि, अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल र अन्य संगठनका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रोकायाले बताए ।

Advertisements

May be an image of 11 people and text

May be an image of 7 people and text

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार