
महेन्द्रनगर । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी जिल्ला समिति कञ्चनपुरले संविधानको प्रावधान विरुद्ध गएर चर्को शुल्क लिएको भन्दै एक विद्यालयमा तालाबन्दी गरेको छ ।
भीमदत्त नगरपालिका-१८ स्थित महेन्द्रनगर माध्यमिक विद्यालयमा तालाबन्दी गरेको संगठनका संयोजक अनिल सी ले बताए । संगठनले विद्यालय संग तीन बुँदे माग राख्दै मंगलबार तालाबन्दी गरेको हो ।
साथै यो विषयमा सो विद्यालयका प्रधानाध्यापक ललित सिंह साउदले तालाबन्दी भएको कुरा मैले पनि सुनेको तर आफू चाहिँ एउटा बैठकमा बाहिर रहेको बताए ।
प्रधानाध्यापक साउदले भने,“म बाहिर बैठकमा छु विद्यालयमा तालाबन्दी भएको कुरा थाहा पाए तर बाहिर भएका कारण बाँकी जानकारी छैन ।”
नेपालको संविधान अनुसार शिक्षा माध्यामिक तहसम्म निःशुल्क भनेको छ । तर साधारण मा.वि.ले खुलेयाम शुल्क लिइरहेको उक्त शुल्क खारेज गर्नुपर्ने माग सहित ताला लगाएको संगठनका संयोजक अनिल सी, ले भने । मागहरु सम्बोधन नभए थप संघर्षमा जाने उनले बताए ।
विद्यालयको शुल्क दर :
संगठनले तालाबन्दी गर्नुको कारण :
१. नेपालको संविधान २०७२ को कानुनी प्रावधान अनुसार सामुदायिक तथा सरकारी विद्यालयको कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनु पर्ने ठाउँमा कानुन विपरित चर्को शुल्क असुल्ने गरेकोले ।
२. सरकाले निःशुल्क उपलब्ध गराउने पाठ्यपुस्तक अंग्रेजी माध्यमका नाममा निजी पब्लिकेशनका पाठ्यपुस्तक चर्को मूल्यमा विद्यार्थीलाई खरिद गर्न बाध्य बनाएकोले ।
३. पटक पटक विद्यालय प्रशासनलाई अनुरोध गर्दा पनि अटेर गर्ने गरेकोले ।
यस्तै पछिल्लो अवस्था अङ्ग्रेजी भाषाका नाममा देशैभरिका सामुदायिक विद्यालयहरुले शुल्क लिने गरिरहेका छन् ।
