Friday, March 29, 2024

मनोद्धिपक (लागुऔषध) औषधी बेचेर युवाहरुको भविष्य बर्बाद पार्ने मेडिमकल हरुलाई छिटै कानुनको दायरामा ल्याउछौँ÷नगर उपप्रमुख जोशी

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रगर । भीमदत्त नगरपालिकाकी उपप्रमुख लिलम लेखक जोशीले डाक्टरको सल्लाहविना लागुऔषधको रुपमा काम गर्ने औषधी विक्रिवितरण गर्ने मेडिकलहरुलाई छिटै कानुनको दायरामा ल्याउने बताएकी छन् ।

पछिल्लो समय कञ्चनपुरमा भविष्यका कर्णधार युवाहरु दिनप्रतिदिन लागु औषधको कुलतका फस्दै गईरहेकोले मानव स्वास्थ्यमा प्रभाव पार्ने खालका औषधी विक्रि वितरण नगरी दिन समेत आग्रह गरेकी छन् ।अरु जिल्लाको तुलनामा भन्दा कञ्चनपुर जिल्लामा लागु औषध पेसेवर लागु औषध प्रयोगमा युवाहरु निकै सक्रिय देखीएको पाईन्छ ।मेडिकलहरुले डाक्टरको प्रिस्किृप्सन अनुसार औषधीमुलो बेच्नुको साटो उक्त क्लिनिकहरुले लाईसेन्सको दुरुपयोग गर्दै युवा पुस्तालाई लागु औषध तथा दुव््रयसनका ड्रग्सहरुको समेत व्यापार गर्ने पार्ईएको छ ।

‘सबैका आमा बुवालाई छोराछोरी राम्रो हुन भन्ने चाहाना हुन्छ ।तर विडम्बना व्याक्तिगत मुनाफाका लागि कञ्चनपुरकमा मेडिकलहरुमा लागु तथा मनोद्धिपक औषधी बेचेर युवाहरुको भविष्य बर्बाद पार्ने काम केही मेडिमलहरुले गरिरहेका छन्,। उपप्रमुख जोशीले भने।उपप्रमुख जोशीले विहिबार गरेको मेडिकलहरु र औषधी पसलहरुले कानुनी प्रक्रिया पु¥याएको छन् वा छैनन् भनेर केही मेडिकलहरुमा अनुगमन गरिएको नगर उपप्रमुख जोशीले बताउए।

महेन्द्रनगर बजारमा संञ्चालित मेडिकल औषधी पसलहरु मापदण्डअनुसार सञ्चालन गरिएको छ छैन भनेर अनुगमन गरेका हौ ।’ उनले भने ‘प्राय मेडिकलहरुले व्यवसाय दर्ता गरेको पाइयो तर केहिले दर्ता गरेका छैनन् ।पालिकालाई कर नतिरेको र सम्बन्धित निकायबाट अनुमती नलिएको भेटियो ।उनले अगाडी भने ‘आज पहिलो चरणको अनुगमनका क्रममा उहाँहरुलाई तत्कालनै रावश्व बुझाएर कानुनी प्रक्रिया पुरा गर्न निर्देशन दिएका छौ ।

उहाँहरुले छिटै राजश्व बुझाउने र कानुनी प्रक्रिया समेत पुरा गर्ने प्रतिवद्धता जनाउनु भएको छ । हामी भोली९शुक्रवार० सबै स्वास्थ्य संस्था मेडिकलहरुलाई समयमै कर बुझाउन र अन्य कानुनी प्रक्रियाहरु पुरा गर्न समेत आग्रह गरेकी छन् ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार