महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ खैरबट्टीमा चट्याङ लागेर तीन जना घाइते भएका छन् ।
बिहिवार बेलुका ४ बजे घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर आशा कुवँर, अस्मिता भण्डारी र सदिक्षा ओड घाइते भएका छन् ।
उनिहरुको हात, खुट्टा, पिठ्युमा चोट लागेको स्थानिय ललित केसीले बताए । हाल घाइतेहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
चट्याङ लागेर घाइतेहरुलाई अस्पताल पुगेर भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशी, वडा नम्बर १८ का वडासदस्य हेम बस्नेतले भेटघाट तथा उनिहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।