Saturday, July 27, 2024

कञ्चनपुरमा ट्राफिक व्यावस्थान फितलो,नियम विपरित चल्ने सवारी साधनहरुमा गएन ट्राफिक ध्यान

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । पछिल्लो समय कञ्चनपुरमा ट्राफिक व्यावस्था फितलो देखिएको छ । शहरको बढ्दो जनघनत्व तथा दिन प्रतिदिन बढ्दै गईरहेका सवारी साधनको उच्च चाप बढेसंगै कञ्चनपुर जिल्लाको ट्राफिक व्यावस्थामा कडाई हुनुको साटो व्यावस्था झन फितलो हुदै गईरहेको पाईएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्लाको पुर्वपश्चिम राजमार्ग अन्र्तरगत पर्ने गडा्चौकी देखी सदरमुकाम महेन्द्रनगर आसपासका क्षेत्रमा अटो रिक्सा व्यावसायीले यात्रु सीट भन्दा दोब्बर ठेलेर दुर्घटनाको जोखीम मोलिरहदा समेत कञ्चनपुर प्रहरी तथा ट्राफिक प्रहरी मुख दर्शक भएर हेरिरहेको देखिन्छ।कञ्चनपुरको सीमानाका गडचौकी देखि सदरमुकाम महेन्द्रनगर बजार सम्म जनपद प्रहरी तथा ट्राफिक प्रहरी गरि ५ ठाउमा चेकपोष्ट रहेका छन् ।करिब ५कीलोमीटरको दुरीमा सगोललमा प्रहरी चेकजाच पोष्ट भएपनि सवारी व्यावस्थापन लगाएतका सुरक्षा व्यावस्था शुन्य देखीएको छ ।

उसोत कञ्चनपुर प्रहरी र ट्रफिक प्रहरी सधै जसो पुर्व पश्चिम राजमार्गा चेकजाचमा खटिएको देख्न पाईन्छ ।चेकजाचमा खटिएका प्रहरीले आखीरमा चेकजाचँ के गर्छन त ?भन्ने प्रश्न आम मानिसको मनमा कौतोहल्ता जन्माइरहेको छ ।के ट्राफिक प्रहरीको मापसे चेकजाच गर्ने मात्र काम हो ?के ट्राफिक प्रहरीको मापसे गरेका व्याक्तिहरुबाट जरिवाना काट्ने मात्र काम हो ?आम मानिसलाई लाग्छ । ट्राफिक प्रहरीको दुर्घटना न्युनिकरण गर्ने मुख्य जिम्मेवारी पनि हो ।

चेकजाचकै क्रममा सडकमा रहेका ट्राफिक प्रहरी तथा प्रहरीले गडचौकी सिमानाबाट भन्सार नकाटि वा सुविधा नबानाई नेपाल भित्रिने भारतीय नम्बर पिलेटका चार पाग्रे सवारी साधनलाई चेकजाच विना छोड्ने गरेको स्थानिय व्यापारीको गुनासो रहेको छ ।महेन्द्रनगर बजार बसपार्कको आसपासमा ट्राफिक प्रहरीकै अगाडि यात्रुहरु खोसाखोस गर्दा समेत प्रहरी हेररिहेको दृश्य देख्न सकिन्छ ।भारतीय बजार बनबासाबाट क्यारीङ गरेर ल्यायका चिनि,दाल,हार्डवेयर,लगाएतका दैनिक उपभोग्य मालसमान अटोरीक्साले लाधेर ल्याउदा समेत चेकजाचमा रहेका प्रहरी रमिता हेरेर बसेको देखीन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उमेश चन्दले हाल कञ्चनपुर ट्राफिक प्रहरीले तिब्र गतिमा सवारीसाधन हाक्ने सवारी चालकलाई १ मिनेट चालक तथा यात्रु संग भन्ने कार्यक्रलाई पुर्णता दिईरहेको बताए ।‘पछिल्लो समय कञ्चनपुरमा सवारी दुर्घटनाको संख्यामा कमी आएको छ’‘कसैले ट्राफिकलाई झुक्याई सवारी साधनको दुरुपयोग गरेको होला’।‘त्यस्ता तिन पाङग्रे सवारी साधनलाई फेला परेको खन्डमा तुरुन्त नियन्त्रणमा लिने छौँ’कति पय ट्राफिक प्रहरी बस्ने युनिटका साथिहरुले सवारी चेकजाच लगाएतका कुराहरुमा गल्ती गरेका छन् भने उनीहरुलाई सचेत गराउने उनको भनाई रहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार