Saturday, July 27, 2024

कञ्चनपुरका ई-रिक्सा व्यवसायी आन्दोलितः भन्छन्,‘विभेदकारी नीतिले गर्दा रोजिरोटी खोसिन लाग्यो’

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा ई–रिक्सा व्यवसायी आन्दोलित भएका छन् । राज्यले विभेदकारी नीति ल्याएको भन्दै कञ्चनपुरका ई–रिक्सा व्यवसायी आन्दालित भएका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

एकातिर ट्राफिक प्रहरीले बिना लाइसेन्स सडकमा ई–रिक्सा गुडाउदा जरिवाना काट्ने र अर्को तर्फ यातायात व्यवस्था कार्यालयले लाइसेन्स दिन पहिलो प्रक्रिया लिखित परीक्षा पास गर्नु पर्ने नीतिले निरक्षर तथा सामान्य रोजिरोटीका लागि ई–रिक्सा चलाउने वर्ग समस्यामा परेका छन् ।

‘हामी रिक्सा चलाउने मान्छे लेखेपढेका हुँदैनौं, अक्षर चिन्नै गाह्रो हुन्छ । कसरी लिखित पास गर्नु र लाइसेन्स लिनु’ ई–रिक्सा ईकाई कमिटीका अध्यक्ष रमेश कोली भन्छन्,–‘टेक्टरको लाइसेन्स लिन लिखित पास गर्नु नपार्ने, तर हामी रिक्सावालाले लिखित पनि पास गर्नु पर्ने । राज्यले हाम्रो रोजिरोटी खोस्ने काम गर्दैछ ।’ उनले भने ।

ई–रिक्साकर्मीहरुले बुधवार आफ्नो समस्या सहित भीमदत्त नगरपालिकालाई ज्ञापनपत्र समेत बुझाएका छन् । नगर उपप्रमुख निलम लेखक जोशीलाई विभेदकारी नीतिलाई परिमार्जन गर्न पहल गरिदिनका लागि ज्ञापन पत्र बुझाएको मजदुर संगठनका अध्यक्ष योगबहादुर शाहीले बताए ।

रिक्सा चलाउने सबै व्यक्ति साक्षर नहुँने भएको हुँदा लिखित परीक्षा पास गर्न समस्या भएको र लाईसेन्स पाउन कठिन भएको उनीहरुको माग छ । प्रहरीले सडकमा बिना लाइसेन्सका ई–रिक्सालाई जरिवाना बाटिरहेको हुँदा आफुहरुको जिविकोपार्जनमा समस्या भएको ई–रिक्सा व्यवसायीहरुले दुखेसो पोखे ।

यातायात व्यवस्था कार्यालयले लिएको लिखित परीक्षामा एक सय १० जना सहभागि मध्ये ९ जना मात्रै पास भएका छन् । लिखित परीक्षा हटाएर ट्राइल मात्रै पास गर्नुपर्ने नीति ल्याउनु पर्ने उनीहरुको माग छ ।

ताजा समाचार

सम्बन्धित समाचार