Saturday, July 27, 2024

श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्य सामाग्री वितरण

प्रकाशित:

महेन्द्रनगर । श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्य सामाग्री लगाएत अन्य आवश्यक सामाग्री वितरण गरिएको छ । कञ्चनपुरको गडचौकीमा रहेको भुवनेश्वरी विद्या मन्दिर कञ्चनपुर परिवारले बेदकोट नगरपालिका वडा न ८ रौटेलामा रहेको जेष्ठ नागरिकलाई खाद्य सामाग्री लगाएत लत्ता कपडा वितरण गरेका हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

श्री भुवनेश्वरी विद्या मन्दिरको २५औ स्थापना दिवसको अवसर पारेर अन्य आवश्यक सामाग्री वितरण गरेको भुवनेश्वरी विद्या मन्दिरका प्रध्यानाध्यापक सत्येश बहादुर चन्दले बताए । मानव सेवा आश्रमले सञ्चालन गर्दै आएका सामाजिक कार्यहरुको प्रशंसा गर्दै चन्दले आगामी दिनमा पनि यस विद्यालयको सहयोग तथा सद्भाव रहने विश्वास व्यक्त गरे ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार