Friday, April 19, 2024

प्रथम मेयरकप डे-नाइट क्रिकेट प्रतियोगिताः भीमदत्त-४ ले जित्यो उपाधी

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नम्बर ११ द्धारा आयोजित प्रथम मेयर कप टी–१० क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ४ ले जितेको छ । शुक्रबार वडा नम्बर ११ स्थित सिद्धनाथ अमर माध्यमिक विद्यायको खेल मैदानमा वडा नम्बर ४ र वडा नम्बर ९ विच भएको फाइनल खेलमा वडा नम्बर ४ विजयी भएको हो ।

विजयी वडा नम्बर ४ को टिमले १ लाख ११ हजार १ सय ११ नगर सहित ट्रफी पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता वडा नम्बर ९ ले नगद ५५ हजार ५ सय ५५ नगर सहित ट्रफि पुरस्कार प्राप्त गरेको छ । प्रथम मेयर कप डे–नाइट क्रिकेट प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अथिति एवम् भीमदत्त नगरपालिका नगर प्रमुख पदम बोगटीले विजयी टिम एवम् खेलाडीहरुलाई बधाई दिदैँ पछिल्लो समय युवाहरु कुलतमा फस्ने दर बढेकोले युवाहरुलाई लागु औषधबाट जोगाउन खेलकुद, कला तथा साङ्गीतिक कार्यक्रममा बढी संलग्न गराउनु पर्ने बताउनुभयो ।

‘खेलकुदले मानिस स्वच्छ रहन्छ र गाउँ,नगर देशकै नाम विश्वमाझ चिनाइरहेको हुन्छ ।’ नगर प्रमुख बोगटीले भन्नुभयो ‘ पछिल्लो समय युवाहरु कुलतमा फस्दै गइरहनु भएको छ । बच्चाहरुलाई कुलतबाट बचाउन पनि यस्ता किसिमका खेलकुद, कला तथा साङ्गीतिक कार्यक्रममा बढी संलग्न गराउनु आवश्यक छ ।’

यस्तै उहाँले नगरको खेलकुद विकासका लागी भीमदत्त नगरपालिका आवश्यक सहयोग,समन्वय र सहकार्य गर्न तयार रहेको नगे बताउनुभयो । समापन कार्यक्रममा वडा नम्बर ११ का वडाध्यक्ष प्रकाश थापाले कार्यक्रम सम्पन्न पार्न सहयोग गर्ने सम्पूर्णलाई बधाई दिदैँ खेलकुदको विकासका लागी सो प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

उक्त प्रतियोगितामा २० टिम सहभागी रहेका थिए । प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको समापन कार्यक्रमा नगर प्रमुख बोगटी,विभिन्न वडाका वडाध्यक्षहरु, वडासदस्यहरु, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि,खेलाडी लगाएत स्थानियको उपस्थिति रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार