Saturday, July 27, 2024

अंग्रेजी माध्यममा सामुदायिक विद्यालयः बोर्डिङ पढ्ने विद्यार्थीको रोजाईमा समेत बैजनाथ मावि

प्रकाशित:

महेन्द्रनगर । सहर बजारमा गुणस्तरिय शिक्षा आर्जनका लागि निजी क्षेत्रका महंगो स्कुल अधिकांशको रोजाईमा पर्छन् । पारिवारिक अर्थ अवस्था जीर्ण भएपनि ऋणको भारी बोकेर आफ्ना नानी–बाबूको गुणस्तरिय शिक्षाका लागि निजी स्रोतका विद्यालय पढाउन बाध्य हुनुका पछि सरकारी एवं सामुदायिक विद्यालयको गुणस्तर जोडिन्छ । यद्यपि सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा नहुने भनेर टार्न मिल्दैन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुरको महेन्द्रनगर बजार स्थित बैजनाथ माद्यमिक विद्यालय संग ५७ वर्षको इतिहास छ । बैजनाथ मावि सम्भवतः सुदूरपश्चिममै सर्वाधिक विद्यार्थी उत्पादन गर्ने सामुदायिक विद्यालय हो । २० देखि ८० को दशक सम्म पुग्दैगर्दा बैजनाथ माविले थुप्रै उत्पादनहरुः डाक्टर, पाइलट, इन्जिनियर, शिक्षक, निजामती कर्मचारी, उद्योगी, व्यवसायी लगायत हरेक पेशा क्षेत्रको नेतृत्व तथा प्रतिनिधित्वका लागि गर्भिलो इतिहास कायम गरेको छ ।

बैजनाथ मावि, महेन्द्रनगरमा शैक्षिकसत्र २०८० का लागि भर्ना खुले संगै, गरिब तथा विपन्न परिवारहरुमा हर्ष छाएको छ । उनीहरुमा हर्षको एउटै कारण छ,’ गुणस्तरिय शिक्षा भन्दै (अंग्रेजी माध्यममा) महंगो शुल्क तिरेर आफ्ना नानी–बाबुलाई निजी स्रोतका (बोर्डिङ्ग) स्कुलमा पढाइराख्नु पर्ने बाध्यताबाट बिश्राम ।,’

यसअर्थमाः शैक्षिकसत्र २०८० देखि बैजनाथ मावि महेन्द्रनगरले कक्षा १ देखि ९ सम्म अंग्रेजी माध्यममा पठन–पाठन गराउने भएको छ । दक्ष तथा अनुभवी शिक्षकहरुबाट नेपाली संग संगै अंग्रेजी माध्यमका कक्षाहरु समेत सुरुवात गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्यूत राज कलौनी बताउछन् ।

गत चैत्र महिनाभर बैजनाथ माविले नयाँ शैक्षिकसत्रको पूर्व सन्ध्यामा घरदैलो अभियान चलायो । अभिवावक तथा विद्यार्थीहरु माँझ संस्तो तथा सुलभ शुल्कमा विद्यालयले कक्षा १ देखि ९ सम्म अंग्रेजी माध्यममा समेत पढनपाठन गर्न लागेको खबर फैलिएपछि गरिब तथा विपन्न वर्ग, समुदायका परिवार हर्षित देखिन्छन् ।

नयाँ शैक्षिकसत्र अनुसार विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु भयोः विव्यस अध्यक्ष कलौनीले निजी स्रोतको विद्यालयमा (बोर्डिङ्ग स्कुल) पढिरहेकी आफ्नी छोरीलाई बैजनाथ माविमा भर्ना गराए । त्यस्तै विद्यालयका सह–प्रध्यानाध्यापक नरेन्द्र जोशी, लेखा शाखा प्रमुख लक्ष्मण भट्ट लगायत विद्यालयमा कार्यरत सबै शिक्षक, कर्मचारी तथा पदाधिकारीहरुले आफ्ना नानी–बाबुहरुलाई निजीस्रोतका विद्यालयबाट छुटाएर आफु कार्यरत विद्यालय बैजनाथ माविमै भर्ना गराएका छन् ।

निजी स्रोतका (बोर्डिङ्ग) स्कुलहरुले भन्दा गुणस्तरिय शिक्षा न्यून शुल्कमा दिने आफ्नो प्रयास रहने अध्यक्ष कलौनी बताउछन् । बैजनाथ गुणस्तरिय शिक्षामा प्रतिबद्द रहेको अध्यक्ष कलौनीको तर्क छ । बैजनाथ माविलाई शैक्षिक हबको रुपमा विस्तार गर्ने अध्यक्ष कलौनीले संकल्प लिएका छन् ।

भेटेरिनरीमाः पशु तथा चौपायाको उपचारका लागि जिल्लाकै नमुना र कृषिको अनुसन्धानमुलक संस्थाको रुपमा स्थापित गराउन आफु प्रयत्नशिल रहने उनी बताउछन् ।

यो शैक्षिकसत्रमा कक्षा १ देखि ९ सम्म अंग्रेजी अंग्रेजी माध्यममा भर्ना खोल्दा धेरै अभिवावकहरुले निजी स्कुलबाट ल्याएर बैजनाथ माविमा भर्ना गर्न थालेका छन् ।

महेन्द्रनगरमा पुस्तक तथा स्टेशनरीको व्यवसाय गर्ने नवराज भट्ट, आफ्ना दुई बच्चालाई निजी स्कुलबाट छुटाएर बैजनाथमा भर्ना गरेको बताछन् । ‘बैजनाथले पछिल्लो समय शैक्षिक गुणस्तर बढाउदै गएको हुँदा म प्रभावित भए ।’ पुस्तक व्यवस्यी भट्ट भन्छन््,‘गुणस्तर संगै यो वर्ष देखि बैजनाथले अंग्रेजी माध्यम पनि सुरु गरेको छ । सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न हामी सबैले बाल–बच्चाहरुलाई सरकारी विद्यालयमा नै भर्ना गर्ने वातावरण निर्माण गर्नुपर्छ ।’

अंग्रेजी माध्यमका लागि कम्तीमा १० जना विद्यार्थी भर्ना भएपनि कक्षा सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक हरिराज बिष्ट बताउछन् । ‘हामी गुणस्तरिय शिक्षामा विशेष जोड दिन्छौं । संख्याले खासै फरक पार्दैन ।’ प्रअ बिष्ट भन्छन्,‘विद्यार्थी भर्ना खोलेको २/४ दिन मात्रै भएको छ, अहिले नै लगभग प्रत्येक कक्षा सञ्चालनका लागि न्यूनतम मापदण्ड पुग्नलागेको छ । तसर्थ हामी क्वालिटि एजुकेशनमा फोकस गर्छौ ।’

अंग्रेजी माध्यममा कक्षा सञ्चालनका लागि अपुग भएका विषयहरुमा विद्यालयले निजी स्रोतमा शिक्षक राख्ने गर्ने भएकोछ ।

  • अध्यक्ष फेरिए संगै फेरियो विद्यालयको स्वरुपः

बैजनाथ मावि महेन्द्रनगरले गत जेठ १२ मा बौद्धिक तथा उर्जाशिल युवा नेतृत्व पाएको छ । नेपाली कांग्रेसका युवा नेता अच्युतराज कलौनीको अध्यक्षतामा विद्यालयले ९ सदस्यीय व्यवस्थापन समिति पाएको छ ।

विव्यस अध्यक्ष कलौनीले झण्डै वर्ष दिनको अवधीमा विद्यालयको शैक्षिक तथा भौतिक अवस्थामा निकै ठुलो परिवर्तन ल्याएका छन् ।

लामो ऐतिहासिक पृष्ठ भएको बैजनाथ मावि महेन्द्रनगरमा प्रयाप्त जमिन, खेल मैदान तथा भौतिक संरचना भएता पनि पछिल्लो केहि वर्ष यता उत्कर्षमा पुग्न सकेको थिएन् ।

पछिल्लो २/४ वर्ष यता विद्यालयले पहिलेको गति सम्हाल्न सकेको थिएन । विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रुप मा जब नेता कलौनीले जिम्मेवारी सम्हाले, तब देखि विद्यालय, विद्यार्थी, शिक्षक र अभिवावकले केहि परिवर्तनको आभास गर्न थाले ।

  • वर्षदिनमा यस्ता कार्यः
  • भिमदत्त नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयको उत्तर र पश्चिम सिमानामा २७० मिटर पर्खाल र दक्षिण तर्फको प्रवेशद्धार निर्माण
  • भिमदत्त नगरपालिकाको १८,००,०००।०० अनुदान र विद्यालयको थप रु. ४,००,०००।०० गरि जम्मा रु. २२,००,०००।०० मा Wash सहित को सुविधा सम्पन्न २ कोठे भवन निर्माण
  • CTEVT प्रदेश कार्यालयको अनुदान सहयोगमा Pant तथा Vet. को रु. १२,००,०००।०० बराबर को प्रयोशाला तथा शैक्षिक सामग्री (Projector) व्यवस्थापन
  •  जिर्ण अवस्थामा रहेको विद्यालयको छात्राबास भवनमा रंगरोगन एंव मर्मत संभार गरी आधारभुत तह र भेटनरी क्लिनिक संचालन
  • कृषि तर्फ प्राविधिक धारको कृषि प्रयोगका लागि मसरुम हाउस निर्माण

• सिकाई स्तरमा बृद्धि गर्न प्रत्येक बर्ष साधारण धार एवं कृषि प्राविधिक धार तर्फका विद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमण को व्यवस्था

• विद्यालयको आन्तरिक श्रोतबाट २०/२० थान बेञ्च डेस्क तथा सिभिल इन्जिनियरिङ्ग को लागि २४ थान ड्रइङ्ग टेबुल निर्माण

• मल्टिीमिडिया (Projector)   बाट कक्षा संचालन गर्ने व्यवस्था

• CTEVT क्यामेरा जडान

•  Enternet  को सुविधा

• पशु विज्ञान तर्फ प्रयोगात्मक कार्यका लागि Animal Shed , कान्जी हाउस, Trevis तथा Cannel निर्माण

• सवारी साधनको उचित व्यवस्थापनका गर्न व्यवस्थित पार्किङ्ग को अवधारणा अनुरुप साइकल मोटरसाइकल स्टेण्ड निर्माण

• भुमिगत सिंचाइ आयोजना को सहयोगमा सिंचाइ व्यवस्थाको लागि डिप टयूवेल निर्माण ।

• खानेपानीको उचित प्रबन्धका लागि NNWA संग को लागत सहभागिता अनुदान बाट बालमैत्री शुद्द खानेपानी टंकी निर्माण

• फुटबल र क्रिकेटका लागि उपयुक्त खेलमैदान र TT बोर्ड निर्माण

• प्रधानमन्त्री कृषि आधुनिकरण परीयोजना, धानजोन कार्यालय कञ्चनपुरको आर्थिक सहयोगमा पढदै कमाउदै कार्यक्रम अन्तर्गत कृषि प्राविधिक धार तर्फ अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक कार्य संगै व्यावसायिक रुपमा तरकारी खेती र माछापालन व्यवसाय संचालन ।

• नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तोके अनुसार बालविकास देखि कक्षा ६ सम्म विद्यालयमै हाइजेनिक दिवाखाजाको व्यवस्था

• विद्यालय श्रोतबाट व्यर्होने गरि ४ कोठे भवनको माथि दोस्रो तला थप्ने कार्य दु्रतगतिमा बढि रहेको

• यस विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुको आर्थिक सहयोगमा विद्यालयको पुर्व तर्फ सरस्वती मन्दिर निर्माण को कार्य भइरहेको

• सिकाई कृयाकलापमा अभिवृद्धि गर्नका लागि नियमित रुपमा अन्तक्रिया, शैक्षिक भ्रमण, अभिभावकहरु संग छलफल तथा भेटघाट, गोष्ठी तथा सेमिनारहरु संगै घरदैलो कार्यक्रम

• यस विद्यालयको पुर्वी गेट तर्फबाट अव्यवस्थित आवतजावत हुने भएकोले सो को उचित व्यवस्थापनका लागि तथा गेट , टेवा पर्खाल संगै विद्यालयमै सर्वसुलभ खाजा नास्ता तथा चियापानको लागि चमेना गृह निमार्ण

• शिक्षक तथा कर्मचारीहरुको पेशागत बृत्ति विकास एवं कार्यप्रति अभिरुचीका लागि शिक्षक, कर्मचारीहरुलाई पुरस्कारको उचित व्यवस्था

• सिकाई तथा शैक्षिक गुणस्तर बृद्धिका लागि अतिरिक्त कक्षा सञ्चालन

भावी योजना:
विद्यालय समदायका लागि र समुदायको सहयोग विद्यालयका लागि भन्ने आर्दश वाक्यलाई आत्मसात गरि कञ्चनपुरको शैक्षिक इतिहासमा चिरपरिचित यस संस्थाको सम्रग पक्षको विकास गरि विद्यालय प्रति समुदायको बिश्वास , सम्बन्ध मजबुत बनाइ राख्न अघि बढाइएका कार्यक्रमहरु निम्न अनुसार रहेको व्यहोरा अनुरोध गर्दछु ।

• विद्यालय सुधार योजना , भि.न.पा. शिक्षा युवा तथा खेलकूद शाखाबाट प्रकासित हुने शैक्षिक क्यालेण्डर समेतका आधारमा बार्षिक कार्ययोजना निर्माण गरी निम्न अनुसारका कार्यक्रमहरु कार्यान्वयन गरीने ।
• विद्यार्थीहरुको मासिक सिकाई समिक्षा शिक्षक कर्मचारी स्टाफ बैठकमा गरी तत्काल सुधारका प्रयासहरु थालिने
• शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक तथा विद्यालय कर्मचारीहरुको क्षमता विकासमा जोड दिइने
• आगामी शै.स. २०८० बाट विद्यालयमा अंग्रेजी माध्यम बाट पठनपाठनको व्यवस्था गर्ने

•बालबालिकाहरुको चौतर्फि विकासका लागि बाल उद्यान निर्माण गरि विद्यालयमा बालमैत्री वातावरण सृजना गर्ने

• प्राविधिक शिक्षा तर्फ प्रि डिप्लोमा र डिप्लोमा तहका सिभिल इन्जिनियरिङ्ग, जियोमेटिक्स इन्जिनियरिङ्ग , Information Technology कार्यक्रमहरु संचालन गरि विद्यालयलाई प्राविधिक शिक्षाको हब बनाइने

 

ताजा समाचार

सम्बन्धित समाचार