Friday, April 26, 2024

बैतडिमा धारीलो हतियार प्रयोग गरि युवकको हत्या

प्रकाशित:

महेन्द्रनगर । बैतडिमा एक युवकको हत्या भएको छ ।बैतडि जिल्लाको दोगडाकेदार गाउँपालिका वडा न –८ कालागाउँका ३७ वर्षीय वासु देव जोशीको हत्या भएको हो ।

जोशीको धारीलो हतियार प्रहार गरि हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडिका प्रहरी निरीक्षक योगेश खत्रीले बताए। शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा फेला परेका जोशीको हत्या अनुसन्धानका लागि निरीक्षक खत्रीको टोली घटनास्थल पुगेर थप अनुसन्धानमा जुटेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

 

ताजा समाचार

सम्बन्धित समाचार