
महेन्द्रनगर । कञ्चनपुरको निङ्गलाशैनी माद्यमिक विद्यालयका प्रधानाध्यापक भवानी प्रसाद पन्त, राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘प्रबल जनसेवा श्री’ मानपदवीबाट विभूषित भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०७९ असोज ३ गतेका अवसरमा नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेवापत मानपदवी प्राप्त गर्नुहुने महानुभावहरूलाई विभूषित गरेका हुन् ।
सोहि अवसरमा प्रअ पन्तलाई ‘प्रबल जनसेवा श्री’ मानपदवी प्रदान गरिएको छ । नयाँ वर्षको पहिलो दिन उक्त विविध मानपदवी हस्तान्तरण गरिने प्रचलन छ । प्रअ पन्त माध्यामिक तह प्रथम श्रेणी शिक्षक हुन् ।

- काहाँ कहाँ कार्यरत रहे प्रअ पन्तः
–भानु मावि दोधारा चाँदनी (सहायक प्रअ)
–स्रोतव्यक्ति आधारभुत तथा प्राथमिक शिक्षा परियोजना डोटी (२०५०)
–आधारभुत तथा प्राथमिक शिक्षा परियोजना कन्चनपुरका कार्यक्रम संयोजक (२०५१–२०५२)
–स्रोतव्यक्ति जिल्ला शिक्षा कार्यालय कन्चनपुर (२०५२–२०७६) - –दार्चुला समाज कन्चनपुर उपाध्यायक्ष (२०७९)
–न्यु सरस्वती विद्या मन्दिर ऐरीका संस्थापक (२०४७)
–जनज्योती एजुकेसन फाउन्डेसनका सदस्य (२०६० देखी)
–जनज्योती बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख (२०६१–२०६३)
–नबजीबन कृषी सहकारी संस्था ऐरीका उपाध्यक्ष (२०७६ देखि हाल सम्म)
–सारथि अस्पताल धनगढिका संस्थापक सदस्य (२०७५)
– नेपाल रेडक्रसका आजिवन सदस्य (२०७७) - –बैजनाथ युबा जनसेवा समिती भीमदत्त–१२ का पुर्ब अध्यक्ष (२०४९–२०५५)