Saturday, July 27, 2024

दार्चुलामा बाघको श्रृंखलाबद्ध आक्रमणः बारिमै बाख्रा चराउदा बाघको आक्रमणमा परे बिर्खलाल !

प्रकाशित:

महेन्द्रनगर । दार्चुलामा बाख्रा चराउदै गर्दै एक जना बाघको आक्रमण परि घाइते भएका छन् । मार्मा गाउपालिका–२ मटेलाका स्थानीय बिर्खलाल भट्ट बाख्रा चराउन घर नजिकैको बारिमा गएका बेला बाघको आक्रमण परि घाइते भएका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बिहिबार मटेला स्थित आफ्नो घर नजिकको बारिमा चराउन लगाएको बाख्रा हराए पछि, भट्ट खोजीमा निस्केका थिए । बारिमै बाख्रा खोज्नेक्रममा भट्ट बाघको आक्रमणमा परेर घाइते भएका छन् ।

घाइते भट्टको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको मार्मा–२ का वडाध्यक्ष अमर सिंह बिष्टले बताए ।
दार्चुलाको मार्मा–२ का मटेला, ओडिखेत लगायतका गाउँहरुमा बाघले श्रृंखलाबद्ध रुपमा पशु चौपाया संगै मान्छेलाई समेत आक्रमण गर्दै आएको छ । झण्डै दुई महिना अघि तिनै घाइते भट्टका ३ बाख्रा बाघले बारिबाटै खाएको थियो ।

त्यस्तै ओडिखेतमा केहि दिन अघि बाघले ३ गाई र २ बाख्रा खाएको स्थानीयले ध्रुबराज भट्टले बताए । गाउँघरमै पसेर बाघले श्रृंखलाबद्ध रुपमा पशु चौपाया र मान्छेलाई आक्रमण गर्दा स्थानीयमा त्रास छाएको छ ।

स्थानीय सरकारले बाघको आक्रमण रोक्नका लागि पहल चाल्नुपर्ने स्थानीयहरुको माग छ । गाउँघरमा हाल सम्म मानविय क्षती नभएपनि, भोलीका दिन असुरक्षित र त्रासमय हुँदै गएको स्थानीय ध्रुबराज भट्टले बताए ।

May be an image of 1 person and hospital

 

ताजा समाचार

सम्बन्धित समाचार