Saturday, July 27, 2024

भीमदत्त नगरपालिकाले अब उपरान्त अनुगमनको ढाँचा परिवर्तन गर्दै

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाकी उपप्रमुख तथा कार्यवाहक नगर प्रमुख निलम लेखक जोशीले भीमदत्त नगरपालिका भीत्र समपन्न हुने विकास पुर्वाधारका योजनाहरुलाई नियमित रुपमा अनुगमनलाई निरन्तरता दिनु पर्ने बताएकी छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

निर्माण कम्पनीहरुले विकास पुर्वाधारका योजनाहरु निर्माण गर्दा कमसल निर्माण सााग्रीहरुको प्रयोग गर्ने गरेको आम नागरिकहरुको गुनासो बढ्न थालेपछि भीमदत्त नगरपालिकाका प्राविधिकहरुको बैठक बोलाई अनुगमनलाई निरन्तरता दिनु पर्ने बताएकी हुन ।आगामी दिनमा भीमदत्त नगरपालिका भीत्र समपन्न हुने पुर्वाधारका योजनाहरु क्वालिटि युक्त,पारदर्शी स्टमेट अनुसार योजनाका कार्यहरु समपन्न गराउन र अनुगमनको पाटो बलियो बनाउनको लागि प्राविधिकहरुलाई बोलाई सुझाब दिएको जोशीको भनाई रहेको छ ।

‘गत विगतमा के भयो बितेका कुराहरुमा नकोट्याई अब उपरान्त समपन्न हुने योजाहरुलाई अगाडी बढाउनु पुर्व प्राविधिकहरुले सम्बन्धित वडा समिति,नगरप्रमुख,नगर उपप्रमुख,प्रशासन फाटलाई,समेत निर्माण कार्य संचालन भयो भनेर पत्र काट्नु पर्छ’‘विगतका दिनमा योजना समपन्न गर्यो वर्षको अन्तीमा आयो भुक्तानी लग्यो’‘त्यो हुदैन’‘निर्माण भईरहेका योजनाको समय समयमा चरण बद्ध ढंगले अनुगम हुन जरुरी देखिन्छ’। उनले भनिन् योजनाहरु हाल्यो निर्माण कम्पनीलाई जिम्मा लगायो बस्यो’त्यसो हुनु दुखको कुरा हो’।‘यदी विकास गर्नु छ भने विकासको बलीयो जग बसाल्नु सबैको जिम्मेवारी हो भने,जनताको अगाडि विश्वासीलो काम गरि उनिहरुको विश्वास जित्नु पनि जरुरी हुन्छ’।

ताजा समाचार

सम्बन्धित समाचार