
ऐश्वर्या कुवर महेन्द्रनगर । कञ्चनपुरमा अनुमतिविना संचालनमा रहेका ट्युसन,कोचीङ्ग,प्रविधिक तालीम,केन्द्रहरुको बिगविगि बढेपछि अनुगमन थालिएको छ ।
महेन्द्रनगर बजारमा अव्यावस्थित रुपले संचालनमा रहेका ट्युसन,कोचीङ्ग,प्रविधिक तालीम, केन्द्रहरुको विगविगि बढेपछि भीमदत्त नगपालिका द्धारा अनुगमन थालीएको हो ।
भीमदत्त नगरपालिकाबाट नियम अनुसार अनुमति नलीई ब्यावसाय नविकरण नगरि नगरपालिका भित्र मनपरी ढङ्गले ट्युसन,कोचीङ्ग,प्रविधिक तालीम,केन्द्रहरु संचालनमा रहेको हुदा अनुगमन थालीएको भीमदत्त नगरपालिकाकी उपप्रमुख तथा भीमदत्त नगरपालिकाकी अनुगमन संयोजक निलम लेखक जोशिले बताईन् ।
स्थानिय सरकार संचालन ऐन २०७४ तथा ट्युसन,कोचीङ्ग,प्रविधिक तालीम,अध्यमपन सेवाको अनुमति तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार रहि कुनै पनि व्याक्ति वा संस्थाले ट्युसन केन्द्र, कोचीङ्ग कक्षा प्रविधि तालिम तथा विद्यालय बाहिर हुने अध्यापन सेवा संचालन गर्ने स्थानिय पालिका समक्ष निवेदन पेश गर्नु पर्ने नियम भए पनि संचालकहरुले कार्यविधिलाई लत्याउदै ट्युसन,कोचीङ्ग,प्रविधिक तालीम,अध्यमपन सेवालाई निरन्तरता दिएको जोशीको भनाई रहेको छ ।
नगरपालिकाले प्राप्त निवेदनको सम्बन्धमा निरिक्षकबाट स्थलगत जाचबुझ गरि तोकिएको पुर्वधार पुरा भएमा वडा कार्यालयको सिफारिस अनुसार नगरपालिकाले अनुमति दिने,अनुमति माग गरेका ट्युसन केन्द्र,कोचीङ्ग कक्षा तथा विद्यालय बाहिर हुने अध्यापन कक्षा संचालनका लागि तोकीएको पुर्वधार पुरा भएको देखिएमा अनुमति प्रदान गर्दा ट्युसन केन्द्रका लागि रु २५ हजार रकम सुरक्षण बाफत धरौटी राख्नु पर्ने प्रवधान कार्यविधिमा उल्लेख गरिएको छ ।त्यस्तै कोचीङ्ग कक्षा संचालनको लागि २५ हजार,विद्यालय भन्दा बाहिर अध्यापन कक्षा संचालनका लागि रु ५० हजार र प्रविधिक तालिम केन्द्र संचालनका लागि रु ३० हजार धरौटि राख्ने व्यावस्था नगरपालिकाको कार्यविधिमा रहेको छ ।
तर भीमदत्त नगरपालिकाको बजार क्षेत्रमाभने कार्यविधिलाई आत्मसाथ नगरि मनपरी ढङ्गले ट्युसन केन्द्र,कोचीङ्ग कक्षा तथा विद्यालय बाहिर हुने अध्यापन कक्षा संचालन गरि मनपरी ढङ्गले मोटो रकम असुली गर्ने प्रवृती बढेको पाईएपछि गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेश्यमा रहि,विद्यार्थी तथा अभिभावकको चाहनालाई मध्यनजर गर्दै भीमदत्त नगरपालिकामा खोलिएका ट्युसन केन्द्र,कोचीङ्ग कक्षा तथा विद्यालय बाहिर हुने अध्यापन कक्षा संचालन तथा विभिन्न प्रतियोगिताका तयारी कक्षा अध्यापन सेवाको कक्षालाई कानुनी दायरामा ल्याई व्यावस्थित रुपले संचालनमा ल्याउनका लागि भीमदत्त नगरपालिकाले अनुगमनलाई तिब्रता दिईएको नगर उपप्रमुख लिलम लेखक जोशीको भनाई रहेको छ ।
ट्युसन केन्द्र,कोचीङ्ग कक्षा तथा विद्यालय बाहिर हुने अध्यापन कक्षा संचालनका लागि अब उपरान्त कसै व्याक्तिले भीमदत्त नगरपालिकाको अनुमति विना मनपरि ढङ्गले संस्था संचालन गर्ने, विद्यार्थीहरुको अभिलेख नराख्ने,अध्यापनको लालचमा मोटो रकम असुली गर्ने, जस्ता कैफियत वा तृटि देखीएमा त्यस्ता संचालकहरुलाई भीमदत्त नगरपालिकाले कानुनी कारवाहिका दायरामा समेत ल्याउने भीमदत्त नगपालिका शिक्षा साखा प्रमुख हरी प्रशाद जोशीले बताएका छन्।
तर भीमदत्त नगरपालिकामा खोलिएका ट्युसन केन्द्र,कोचीङ्ग कक्षा तथा विद्यालय बाहिर हुने अध्यापन कक्षा संचालक हरुले भने अध्यापन सेवाको लागी स्थानिय सरकारबाट अनुमतिपत्र लिनु पर्छ भन्ने कुरामा आफुहरु अनविज्ञ रहेको बताएका छन् ।अब नगरपालिकाले अनुमतिपत्र लिनुपर्ने जानकारी दिए संगै आफुहरु नगरपालिका गई अनुमतिको प्रक्रियामा अगाडि बढ्ने संचालकहरुको भनाई रहेको छ ।
