Saturday, July 27, 2024

एचआईभी एड्सको संक्रमितबाट कञ्चनपुरमा १ सय ६२ जनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशीक अस्पतालले अहिले सम्म एड्सको संक्रमणबाट १ सय ६२ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुर जिल्लामा अहिले सम्म एड्स संक्रमण पुष्टि भएका ६ सय ५० जना छन् । त्यस मध्ये ४ सय २ जना औषधी खाँदै गरेका र ४६ जना औषधी खाएर हराएको कुरा अस्पतालकी परामर्श दाता बिमला भट्टले बताईन ।

विश्वभर फैलीरहेको एडस रोगले संक्रमित बढिरहेका भए पनि पछिल्लो समय यसको औषधी सेवन गर्नेको संख्या नी बढ्दै गएको छ । नयाँ आर्थिक वर्षमा कञ्चनपुरमा एचआईभी एड्स संक्रमण पुष्टि भएको संख्या ३९ छ भने जस मध्य १ जनाको मृत्यु भएको छ ।

औषधी खाने ३२ जना र औषधि खाँदा खाँदै हराएका ४ जना रहेको भट्टले बताईन । सुदूरपश्चिमका हरेक जिल्लामा एचआईभी संक्रमित रहेको सुदूरपश्चिम स्वास्थ्य केन्द्रले जनाएको छ ।

संक्रमितहरुको भाइरल रोग परिक्षण केन्द्र सेती प्रादेशीक अस्पतालमा मात्र रहेको छ । संक्रमितहरुलाई आवश्यक पर्ने औषधीका लागि भने हरेक स्थानीहरुमा औषधी खाने साइटहरुको व्यवस्था गरिएको छ । नेपालमा पहिलो पटक सन १९८८ मा एचआईभी एड्सको पहिलो व्यक्ति पत्ता लागेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार