Friday, March 29, 2024

बाघको आक्रमण बाट कञ्चनपुरमा एक महिलाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । बाघको आक्रमणबाट कञ्चनपुर पुनर्वासकी एक महिलाको मृत्यु भएको छ ।

नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीकोे मृत्यु भएको हो ।

शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा मेलापातका लागि गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो ।

पुनर्वास नगरपालिका–१० मदनटोलकी सार्की गाउँकै स्थानीयसंग मेलापातका लागि नेशनल पार्क गएकी थिइन् ।

मेलापातका लागि गएका बेला बाघले आक्रमण गरेर महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

अहिले भारतीय सुरक्षाकर्मीसंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सवडिभिजन वन कार्यालय पचगडियाका प्रतिनिधि घटनास्थलमा पुगेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार