Saturday, July 27, 2024

कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ मा साना व्यवसायीका लागि मूल्य श्रृंखला तथा बजारीकरण दुईदिने तालिम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ मा साना व्यवसायीका लागि मूल्य श्रृंखला तथा बजारीकरण तालिम ७ गते देखि सुरु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) कञ्चनपुरद्धारा सञ्चालित सुदृढ परियोजनाको आयोजना र डिसिएको आर्थिक सहयोगमा नयाँ बस्ती कटानमा रहेको राना थारु सामुदायिक होम स्टेमा साना व्यवसायीका लागी मूल्य श्रृंखला तथा बजारीकरण तालिमको सुरु भएको हो ।

तालिम उद्यमउद्यमी र उद्यमशिलता, उद्यमहरुका किसिमहरुको विषयमा जानकारी, सफल ब्यवसायीका आवश्यक पक्ष सम्बन्धी जानकारी, मूल्य श्रृंखला र बजार ब्यवस्थापन, बजारीकरणको आवश्यकता, बजारको माग, उत्पादित बस्तुको मूल्य अभिवृद्धि लगायतका विषयमा केन्द्रित भएको सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले बताए ।

उक्त तालिम ७ गते देखि ८ गते सम्म गरि दुई दिन सम्म सञ्चालन भएको उनले बताए । तालिममा कञ्चनपुर भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकाका-१८ साना उद्यमी र ब्यवसायीहरुका ३४ जनाको सहभागी रहेको थियो ।

यसैगरी रानाथारु कृषि पर्यटन सहकारी संस्थाका अध्यक्ष नाथुराम रानाका अनुसार “यहाँ उपस्थित हरेक व्यक्तिहरू विभिन्न व्यवसायी गरिरहेका छन्, तर कुनै पनि व्यक्तिहरूले अहिले सम्म आफुले गरेको व्यवसायीबाट राम्रो आम्दानी नभएकाे बताए । दिनभरी ब्यस्त भइरहने तर आम्दानी भने नभएको उनि बताउँछन् ।” “उनले भने दुईदिने उक्त कार्यक्रम गरे पश्चात अहिले हामिहरूले धेरै कुराको ज्ञान प्राप्त गरेका छौं । व्यवसायी कसरी गर्ने रहेछन, उद्यमी भनेको यस्तो रहेछ भनेर राम्रो संग बुझे ।”

उक्त कार्यक्रममा तरकारी खेति, दुना टपरी, निम्बु खेति, इँटा उद्योग लगाएतका थुप्रै उद्योग व्यवसाय गर्ने थरि-थरिका व्यवसायीहरू गर्ने ब्यक्तिहरूको उपस्थिति रहेको बताए । “तालिम लिनु भन्दा अगाडि म आफुलाई कुनै उद्यमी गर्ने ब्यक्ति मान्ने गरेको थिएन तर आज मैले उक्त तालिम लिसके पश्चात व्यवसायि कसरी गर्ने कुन व्यवसायि गर्दा दिगो हुन्छ भन्ने कुराको ज्ञान प्राप्त गरेको छु, जसले गर्दा आगामी दिनहरूमा मलाई कुनै पनि व्यवसाय गर्दा सजिलै संग गर्न सक्ने सहकारी संस्थाका अध्यक्ष रानाले बताए ।”

स्थानिय उद्यमसिलतामा रहेका उद्यमिहरुको सेवा थप प्रभावकारी बनाउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक सुनारले बताए ।

हाल साना ब्यवसायिहरुका बिधमान चुनौतिहरु बजार प्रतिस्पर्धा, बजारको माग, वातावरणिय प्रभाब, कमजोर ब्यवस्थापन, राजनैतिक र आर्थिक प्रभाव र साधन श्रोतको कमि लगायतका विषयलाई कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा तालिम मार्फत जानकारी दिईने भएकाले उद्यमिहरु गर्ने उद्यमसिलतामा थप टेवा पुग्ने उनले बिस्वास ब्यक्त गरेका छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघले सुदृढ परियोजनाको सहयोगमा कञ्चनपुरका भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकामा विपद जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील समुदायको निर्माण गरि महाकाली नदी तटीय क्षेत्रका समुदायहरुको जीवन स्तरमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

परियोजनाले मुख्यतया जलवायु परिवर्तन, विपद जोखिम न्यूनीकरण र जीविकोपार्जन तथा स्थानीय तहको क्षमता अभिवृद्धिका क्षेत्रमा केन्द्रित रहेर आफ्ना क्रियाकलापहरु संचालन गरीरहेको सुदृढ परियोजनाका संयोजक सुनारले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार