Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

जन्मोत्सवको अवसरमा सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गतका सम्पूर्ण विभागहरुमा धामीले गरे सेनेटरी प्याड बक्स हस्तानतरण

प्रकाशित:

Advertisements

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय स्कूल अफ ईन्जिनियरिङ्ग अन्तर्गत रहेको विद्यार्थीहरुको साझा एवंम् गैर नाफामुखी सङ्गठन “ईन्जिनियरिङ्ग विद्यार्थी समाज” का महासचिव जनक सिंह धामीले आफ्नो जन्मोत्सवको अवसरमा सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत रहेका सम्पूर्ण विभागहरुमा सेनेटरी प्याड बक्स हस्तानतरण गरेका छन् ।

पछिल्लो समय महिनावारीको समयमा आधुनिक सेनेटरी प्याड प्रयोग गर्ने महिलाको संख्या बढ्दो छ। महिनावारीको समयमा हुने सङ्क्रमणबाट बच्न सेनेटरी प्याड सुरक्षित मानिन्छ ।

यसै कुरालाई मध्यनजर गर्दै धामीले विश्वविद्यालयका सम्पूर्ण विभागका विभागीय प्रमुखहरु, शिक्षक तथा कर्मचारीहरु र विद्यार्थी साथीभाइहरुको उपस्थितीमा उक्त प्याड बक्स हस्तानतरण गरेका छन् ।

धामीले “सानो भए पनि जन्मदिनको अवसरमा उक्त कार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् साथै अगामी दिनमा आफूले यस्ता कार्यहरूलाई निरन्तरता दिने वाचा समेत व्यक्त गरेका छन् ।”

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार