Saturday, July 27, 2024

दार्चुलाको लटिनाथ क्याम्पस मार्मामा स्ववियू निर्वाचनमा धाधलीः क्याम्पस प्रमुख र निर्वाचन अधिकृतले मिचे प्रकृया

प्रकाशित:

महेन्द्रनगर । दार्चुलाको लटिनाथ क्याम्पस मार्मामा स्ववियू निर्वाचनमा धाधली भएको भन्दै नेपाल विद्यार्थी संघ (नेवि संघ) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आइतबार दार्चुलाको लटिनाथ क्याम्पस मार्मामा क्याम्पस प्रमुख मेनका रावल र निर्वाचन अधिकृत ईश्वर जोशीले मिलोमतोमा निर्वाचन आचार सहिंता विपरित विद्यार्थीहरुलाई मत पत्र बितरण गरेको भन्दै नेवि संघ दार्चुलाका कार्यवाहक सभापती सुरेन्द्र बहादुर बमले विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन ।

निर्वाचन समिति र विद्यार्थी संगठनहरुको चैत्र ४ गतेको सहमति बिपरित आइतबार थप विद्यार्थी ल्याएर परिचय पत्र वितरण गरि क्याम्पस प्रमुख रावल र निर्वाचन अधिकृत जोशीकोे मिलोमतोमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले बल प्रयोग गरि प्रक्रिया नपु-याएका विद्यार्थी बाट जबर्जस्ति मतदान गराउन लगाएको घटना प्रतीे गम्भीर आपत्ति र ध्यानाकर्षण भएको कार्यबाहक अध्यक्ष बमले बताए ।

उनले भने ‘आम विद्यार्थीको अभिमत ने बि संघको पक्षमा रहेको अवस्थामा हारको मानसिकता बाट अत्तालिएर धाधली गरि मतदान गराउने कार्य लोकतन्त्रको बर्खिलाप छ ! निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउने दायित्व बाट बिमुख भएर कुनै एक संगठनको पक्षमा नतिजा ल्याउन प्रयासरत क्याम्पस प्रमुख र निर्वाचन अधिकृत लाई कानुन बमोजिम कार्वाहीको माग गर्दै हिजो सम्म परिचय पत्र लिएका हरु लाई मात्र मतदानमा सहभागी गराएर पुनः मतदान गराउन जोडदार माग गर्दछौ !’

ताजा समाचार

सम्बन्धित समाचार