Saturday, July 27, 2024

कञ्चनपुरमा धम्की र ताला बन्दीका कारण स्ववियुको निर्वाचन स्थगित

प्रकाशित:

महेन्द्रनगर । त्रिभुवन विश्वविद्यालय क्याम्पसहरुमा स्वतन्त्र विधार्थी युनियनको निर्वाचन भईरहदा कञ्चनपुरका अधिकांस क्याम्पसमा भने निर्वाचन हुन सकेको छैन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठनले आ-आफ्ना माग राख्दै तालाबन्दी गरेको हो ।

निर्वाचनको मुखैका आएर विद्यार्थी संगठनहरुले क्याम्पसहरुका एक पछि अर्कौ गर्दै तालावन्दी गरी निर्वाचनमा सहभागी नहुने भए पछि त्रिभुवन विश्वविद्यालय अन्र्तगतका कञ्चनपुरका ९ वटा क्याम्पसहरुमा निर्वाचन स्थगित भएको छ ।

मनोानयन दर्ता गरे पछि आ-आफ्ना मागहरु राख्दै विधार्थीहरूले निर्वाचन संयोजकलाई नै धम्की दिएर निर्वाचन स्थगित गर्नुपर्ने र आफुहरुले लगाएको ताला नखोल्न दवाप दिएपछि निर्वाचन तालिका नै अन्यौलतामा परेको स्ववियु निर्वाचन समिति संयोजक नरेन्द्र बहादुर चन्दले बताएका छन् ।

कञ्चनपुरका १६ वटा क्याम्पसहरू मध्ये ६ वटा क्याम्पसहरूमा मात्र निर्वाचन भइरहेको छ ।

स्ववियु निर्वाचनको तयारी गरेका कञ्चनपुरका १६ क्याम्पस मध्ये विद्यार्थी सङ्गठनबिच विवाद हुँदा ९ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अधिकांस क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत मतदान भएको छ ।

कञ्चनपुरको महाकाली बहुमुखी क्याम्पस बेलौरी, रामपुर क्याम्पस कलकत्ता बेलौरी, रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, जनता बहुमुखी क्याम्पस पुनर्वास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया कृष्णपुर र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी मात्रै चुनाव भएको छ ।

दानेश्वरहरी बहुमुखी क्याम्पस जिमुवामा भने यसअघि नै निर्विरोध रूपमा स्ववियु समिति चयन भइसकेको छ ।

विद्यार्थीहरूको हक हित र जायज मागका लागी नेतृत्व गर्ने पदाधिकारीको निर्वाचन स्थगित भएपछि कञ्चनपुका विद्यार्थीहरू निरास बनेका छन् ।

भने विभिन्न पार्टी आवद्ध विद्यार्थी संगठनको जिद्धीका कारण आफुहरुको हक हितको संरक्षण गर्ने नेतृत्व नपाएको र निर्वाचन यथाशिर्घ चुनाव गराउन पहल थाल्नुपर्ने विद्यार्थीहरूले बताएका छन ।

सरकारले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र तिनले आन्दोलन मार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको ले निर्वाचनमा सरोकारवालाहरुको समेत ध्यान जानुपर्ने समेत विद्यार्थीहरूले बताएका छन् ।

निर्वाचन भईरहेका क्याम्पसहरुमा भने विद्यार्थी उत्साहित भएर मतदान प्रक्रियामा सहभागी भएका छन् ।

मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । आज निर्वाचन भएका अधिकांश क्याम्पसहरूमा आइतबार साँझ नै मत गणना हुने बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार