Friday, March 29, 2024

नेपालले यूएईविरुद्ध कीर्तिमानी जित हात पार्दै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट

प्रकाशित:

महेन्द्रनगर । अहिले सम्मकै सर्वाधिक उच्च योगफल पछ्याउँदै नेपालले यूएईविरुद्ध कीर्तिमानी जित हात पारेको छ ।

यो जितसँगै आईसीसी विश्वकप लीग-२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ ।

बिहीवार यूएईलाई एक रोमाञ्चक खेलमा पराजित गरेपछि नेपालले सो उपलब्धि हात पारेको हो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो ।

यसअघि कीर्तिपुर मैदानमा एक महिनाअगाडि नेपालले नामिबियाविरुद्ध २८६ रन पछ्याएको थियो । जितसँगै नेपालको अङ्क ४० पुगेको छ ।

३९ अङ्कका साथ तेस्रो स्थानमा बसिरहेको नामिबिया भने चौथो स्थानमा रहँदै प्ले अफ क्वालिफायरमा झरेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको यूएईले पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा ३१० रन जोडेको थियो । विशाल रन पछ्याउन आएको नेपालले खराब सुरुआत गर्‍यो ।

इनिङको तेस्रो बलमा नै ओपनर आशिफ शेख खाता नखोली आउट हुन पुगे। दोस्रो बलको सामना गर्ने क्रममा अगाडि बढेर खेल्न खोज्दा उनी स्टम्पिङ हुन पुगेका थिए ।

उनको स्थानमा आएका कुशल मल्ल पनि दोस्रो ओभरको तेस्रो बलमा आउट भए, पाँच बलको सामना गरेका उनले एक चौकाको मद्दतमा ५ रन मात्र बनाउन सके ।

त्यसपछि गहन जिम्मेवारीका साथ कप्तान रोहित पौडेल इनिङ सम्हाल्न आएका थिए । तर उनी पनि लामो समय टिक्न सकेनन् ।

सातौँ ओभरमा उनी १६ रन बनाएर पवेलियन फर्किए । यति बेला नेपालले ३७ रनमा तीन खेलाडी गुमाइसकेको थियो।त्यसपछि भीम सार्कीले महत्त्वपूर्ण रूपमा ६७ रन जोडेर नेपाली पारी उकासेका थिए ।

जुनेद सिद्दीकीको बलमा एलबीडब्लू आउट हुनुअगाडि उनले नौ चौका प्रहार गरे । सार्कीले आरिफ शेखसँग मिलेर पाँचौँ विकेटका लागि ८३ रनको साझेदारी गरे ।

धैर्यपूर्ण रूपमा क्रिजमा टिकेका आरिफले अर्ध शतक पूरा गरे।वर्षाका कारण डक वर्थ लुइसको लक्ष्य पूरा गर्ने क्रममा ठूलो शट् खेल्दा उनी ५२ रनमा आउट भएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार