२०७९ चैत्र १७, शुक्रबार |
Friday, March 31, 2023

बलात्कार गरेको आरोपमा ३६ वर्षीय एकजना युवक पक्राउ

प्रकाशित:

महेन्द्रनगर । बलात्कार गरेको आरोपमा दार्चुला दुहुँ गाउँपालिका–४ चिनचिरीका ३६ वर्षीय एकजना युवक पक्राउ परेका छन् ।

गत शुक्रबार राती १९ वर्षीया युवतीलाई इन्द्रबहादुर बमले घरमै गएर बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए ।

घरमा कोही नभएको मौका पारेर बलात्कार गरेको उजुरीपछि बम पक्राउ परेका हुन् ।

बमलाई २७ फागुन (शनिबार) पक्राउ गरिएको थियो । उनीमाथि फागुन २६ गते किशोरीलाई बलात्कार गरेको आरोप छ ।

पक्राउ परेका बममाथि अहिले जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गाहामगरले बताए ।

घरमा कोही नभएको मौका छोपेर बमले रातिको समयमा घरमै आएर जबरजस्ती करणी गरेको पीडितको बयान छ ।

शनिबार जिल्ला अस्पताल दार्चुलामा पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार