Thursday, March 28, 2024

शिव शिखर सहकारीको ६ महिने बचत फिर्ता प्रस्तावमा जुटेन सहमति

प्रकाशित:

महेन्द्रनगर । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले निक्षेपकर्ताको बचत फिर्ताका लागि गरेको प्रस्तावमा सहमति हुन नसकेपछि शुक्रबार फेरि छलफल हुने गरी स्थगित गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा बिहीबार सहकारीका प्रतिनिधि र निक्षेपकर्ताबीच सहकारीमा बचत गरिएको निक्षेप फिर्ताका लागि छलफल भएको थियो ।

छलफलमा सहकारीका प्रतिनिधिले निक्षेपकर्ताको सबै रकम फिर्ताका लागि ६ महिनाको समय दिनु पर्ने प्रस्ताव गरेका थिए ।

रकम फिर्ताका लागि गरिएको प्रस्ताव फिर्तापछि निक्षेपकर्ताले असहमति जनाएका हुन् । उनीहरुको असहमतिपछि शुक्रबार फेरि प्रहरी कार्यालयमा बस्ने गरी छलफल स्थगित गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले शुक्रबार फेरि छलफल हुने बताए ।

छलफलमा बचतकर्ताले रकम फिर्ता सहित सहकारीको आयव्यय, प्रतिवेदन निष्पक्ष सम्पत्ती शाखामा सदस्यको लगानी कुन क्षेत्रमा रहेको सार्वजनिक हुनुपर्ने, एकशाखाको अर्को शाखामा चेक साटिनु पर्ने लगायतका माग राखेका छन् ।

छलफलमा सहकारीका केन्द्र, प्रदेश र शाखाका कर्मचारी सहभागी भएका छन् । सहकारीका बचतकर्ता क्षितिज जोशीले बचत गरिएको रकम फिर्ताको माग अघि सारेर प्रहरी कार्यालयमा आएको बताए ।

‘हामीले पहिल्यैदेखि बचत रकम फिर्ता मागेका थियौँ, ‘उनले भने, ‘हामीलाई दिएर बिहीबार केन्द्रबाट आउने टिमसंग आफ्ना कुरा राख्नका लागि शाखाले बोलाएर आएका हौँ ।’

ताजा समाचार

सम्बन्धित समाचार