Saturday, July 27, 2024

नेपाली कांग्रेसका नेता पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बिहीबार राष्ट्रपति पदका लागि भएको निर्वाचनमा रामचन्द्र पौडेलले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गरी राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । निर्वाचित भएको आधिकारिक घोषणा हुन बाँकी छ ।

राष्ट्रपतिमा निर्वाचित पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गरे भने नेम्वाङ्ले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे ।

राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसदले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ सांसदले मतदान गरेका थिए । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।

संघिय सांसदको एक मत बरावर ७९ र प्रदेश सभा सदस्यको एक मत बरावर ४८ मतभार गणना हुने गर्दछ । मतदानमा अनुपस्थित हुनेमा राप्रपाका १४ जना सांसद रहेका छन् । त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन् ।

त्यसैगरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद उपचारका लागि चीन र भारतमा रहेका छन् । त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् ।

प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव अनुस्थित थिइन् ।

ताजा समाचार

सम्बन्धित समाचार