Friday, March 29, 2024

भीमदत्तले यसरी मनायो ११३ औ अन्तराष्ट्रिय महिला दिवस

प्रकाशित:

ऐश्वर्या कुवँर हेन्द्रनगर । आज ११३ औ अन्तराष्ट्रिय महिला दिवस ११३ औ अन्तराष्ट्रिय महिला दिवस उसो त सबैले आ –आफ्नो तरिकाले यो दिवस मनाएको भएपनि कञ्चनपुर जिल्लामा रहेका ९ वटै स्थानिय तह हरुमध्येको १ स्थानियतह भीमदत्त नगरपालिकाले भने अन्तराष्ट्रिय महिला दिवस फरक किसिमले मनाएको छ ।

‘लैङ्गीक समनताको बलियो आधार ःसिर्जनात्मक प्रविधिमा महिला पहुचको नारालाई आत्मसम्मान गर्दै भीमदत्त नगरपालिकाले भने यो वर्ष छुट्टै कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय महिला दिवस मनाएको छ । नगरपालिकाले महिलाहरुको पाठे घर र पाठेघरको मुखमा देखिन सक्ने प्राण घातक रोग क्यानसर चेँक जाँचको लागि शिविरकोको आयोजना गरी ११३ अन्तराष्ट्रिय महिला दिवस मनाएको हो ।

आज महिलाहरुको लागि विषेश दिन भएको र महिलाले आफ्नो हक अधिकारको लागि संघर्ष गरेर बिजय सुरुवात गरेको दिन भएकोले आजको यो दिनलाई हर्ष उल्लासमय वातावरणका साथ महिला दिवस मनाएको भीमदत्त नगरपालिकाकी नगर उपप्रमुख निलम लेखक जोशिले बताएकी छन् ।११३ औ अन्तराष्ट्रिय महिला दिवसमा बोल्दै उपप्रमुख लिलम लेखक जोशीले महिलाको चौतर्फी विकास गर्नेको लागि महिलाहरुको स्वास्थ्यको समस्यालाई मध्यनजर गर्दै शिविरको आयोजना गरेको बताएकी छन्।

‘विगतका दिनहरुमा महिला दिवसलाई भाषणमा मात्र सीमित राखेर मनाउने गरेको पाइन्छ ।’‘तर अब हामी महिला दिवसलाई समाजमा हक अधिकारको क्षेत्रको पहुचबाट टाढा रहेका महिलाको समस्यालाई मध्यनजर गर्दै महिला दिवस मनाएको बताएकी छन्, ।’‘हामीले एक दिन मात्र हाईन सधैभरी महिलाले महिलाको सम्मान गर्ने जरुरी रहेको छ, ।’‘नेपालको संम्वीधानले पनि महिलाको हरेक क्षेत्रमा पहुचको विस्तार गरेको छ ।’‘राजनितिमा महिलाको पहुच बलियो देखिएकाले आज देशको राष्ट्रपती समेत महिला भएको अवगत गराउदै महिलाहरुले हिम्मत नहारी एक जुट भएर अगाडि बढ्नुपर्ने नगर उपप्रमुख जोशीले बताएकी छन्।

महिलाले आफ्नो पहुच बढाउका लागि सर्वप्रथम त स्वयम् स्वास्थ्थ हुनुपर्ने देखिएकोले सदरमुकाम भन्दा टाढा र पिछडिएको विकट गाउँ ठाउँको रुपमा चिनिने भीमदत्त नगरपालिकाको वडा न ९ ब्रहमदेवमा रहेको शहरी स्वास्थ्य केन्द्रमा यो शिविर संचालन गर्ने आवश्यक देखीएकोले स्वास्थलाई महिलाको पहुचबाट टाढा नराख्ने हेतुले यो शिविरको आयोजना गरेको भीमदत्त नगरपालिकाकी महिला बालबालीका तथा जेष्ठ नागरिक शाखा प्रमुख लेखकले बताईन् ।महिला दिवस कसरी सुरु भयो 

क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस आरम्भ गरेकी थिइन्
श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको हो।सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै यसको बीजारोपण भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार