Saturday, July 27, 2024

बजार व्यावस्थापनमा कसैको दबाब,र प्रलोभनमा नपरी काम गर्ने उपप्रमुख जोशीले दिईन निर्देशन

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाकी उपप्रमुख लिलम लेखक जोशिले नगरप्रहरीहरुलाई अनुसानमा रहेर काम गर्ने निर्देशन दिएकी छन् । जोशीले भीमदत्त नगरपालिको महेन्द्रनगर बजारमा फुटपात,सवारी पार्किङ ब्यावस्थापन गर्न कसैको दबाब, र प्रलोभनमा नपरि निष्पक्ष रुपमा काम काम गर्न नगरप्रहरीहरुलाई निर्देशन दिएकि हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रबार भीमदत्त नगरपालिकाको सभाहलमा नगरप्रहरीसंगको अन्तरक्रियात्मक छलफलमा बोल्दै उपप्रमुख जोशीले पछिल्लो समय महेन्द्रनगर बजारमा भईरहेको क्षेत्रीय शहरी विकास आयोजना (एडिबि)मार्फत निर्माण भईरहेका सडक कालोपत्रे, र सडक विस्तारको काम तिब्र गतिमा अगाडि बढिरहेको अवस्थालाई मध्यनजर गर्दै बजारमा रहेका ठेला व्यावस्थापन,फुटपात, यातायातका साधन पार्किङका बिषयहरुमा मानिसहरुको जनगुनासो बढ्दै गईरहेकोले सो विषयमा नगरप्रहरीले आफ्नो काम कर्तव्यलाई अगाडि बढाउनु पर्ने आवश्यक देखिएकोले नगरप्रहरीहरुलाई यो निर्देशन दिएको नगर उपप्रमुख जोशीले बताईन ।

ताजा समाचार

सम्बन्धित समाचार