Saturday, July 27, 2024

नेकपा विप्लव कञ्चनपुरले पत्रकार सम्मेलन गर्दै तेस्रो पुर्ण तथा प्रथम बिस्तारित बैठकका निर्णयहरू सार्वजनिक

प्रकाशित:

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले जनताको जनजिविकास सवाल उठानका लागि पार्टीले जन-जागरण अभियान संचालन गरिरहेको जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बिहीबार महेन्द्रनगरमा नेकपा विप्लव कञ्चनपुरले पत्रकार सम्मेलन गर्दै पार्टीले जनजिविका सवालमा शसक्त भएर मुद्दा उठान गर्दै आएको जनाएको छ ।

नेकपा विप्लव कञ्चनपुरका जिल्ला इन्चार्ज विष्णु प्रकाश उपाध्याय(बिराट सी)ले ९औँ केन्द्रीय समितिको बैठकबाट पारित गरिएका मुद्दा जिल्लामा सशक्त रुपमा संचालन भईरहेको बताए ।

‘यतिबेला मुलुक संकटमा परेको छ, ‘उनले भने, ‘विद्यमान समस्या समाधानका लागि पार्टीले अघि सारेका नीति, कार्यक्रम हामी व्यवहारिक रुपमा लागु गरिरहेका छौँ ।’

बैंक, वित्तिय संघ संस्था एव लघु वित्तको चर्को ब्याजदरले आक्रान्त बनाई रहेका बेला राज्य संयन्त्र निरीह बनिरहेको भन्दै पार्टीले त्यसलाई उच्च निगरानीका साथ अघि बढाएको बताए ।

कञ्चनपुरमा राष्ट्रिय गौरबका योजना सहितका महत्वपूर्ण विकास निर्माणका योजनमा ढिलासुस्ती भईरहेको भन्दै उनले सरकारले चासो नदेखिएकाले पार्टीले नै ढिलासुुस्ती, भ्रष्टाचार र अनियमितता गर्ने योजनामा घचघच्याउने काम गरेको बताए ।

‘हामी स्थानीय तहमा हुने सबैखाले भ्रष्टाचार बिरुद्धमा शसक्त संघर्ष गछौँ, ‘उनले भने, ‘भ्रष्टाचारले स्थानीय तह चुर्लुम्मै डुबेका छन ।’

सरकारी कार्यालयमा हुने ढिलासुस्ती, शिक्षा, स्वाथ्य र यातायात क्षेत्रमा देखिएका विकृती विसङगती बिरुद्धमा सुक्ष्य अध्ययन गर्दै विकृती भेटिए संघर्ष गर्ने चेतावनी दिएका छन ।

भारतबाट आउने विषादीयुक्त तरकारी रोक्नु पर्ने समेत माग अघि सारेको छ । नेकपा विप्लव महाकाली ब्यूरो इन्चार्ज समर सिले संसदीय व्यवस्थाकै कारण आज मुलुकमा राजनीतिक, आर्थिक समाजिक संकट आईपरेको बताए ।

‘अहिले जतिपनि समस्या देखिएका छन,‘यो सबै पुँजिवादी संसदीय व्यवस्थाको उपज हो, ‘उनले भने, ‘वर्तमान संकट हटाउन वैज्ञानिक समाजवाद स्थापनाको विकल्प छैन ।’

नेकपा विप्लव कञ्चनपुरका सचिव धन बहादुर सीले जिल्लामा हुने सबैखाले विकृती बिसङगती बिरुद्धमा पार्टीले शसक्त भएर अघि बढ्ने बताए ।

नेकपाले लघुवित्त, बैंक संघ संस्थाहरुको जनतामाथिको लुट बिरुद्धमा शसक्त अभियान चलाउँदै जनजिविका राष्ट्रियताका विषयमा शसक्त भएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार