Friday, March 29, 2024

पोखरी कटेजमा फागुन २२ गते होली बिशेष कार्यक्रम आयोजना गरिने

प्रकाशित:

महेन्द्रनगर । बेदकोट नगरपालिका-७ सुडामा रहेको पोखरी कटेजमा होली बिशेष कार्यक्रम हुने भएको छ ।

सोमवार पत्रकार सम्मेलन गर्दै पोखरी कटेजका संचालक रामदास रानाले फागुन २२ गते होली ईभ कार्यक्रम गरिने बताएका छन् ।

उक्त होली बिशेष कार्यक्रममा राष्ट्रिय तथा भारतबाट पनि कलाकारहरु आउने बताएका छन् ।

देउडा गायक चक्र बम, भारतिय कलाकार गायिका रिङकु राना, बन्टी राना, बिपुल क्षेत्री, हास्य कलाकार अमुत नाथ लगायत स्थानिय लोक संस्कृती झल्कने थारु राना नृत्यहरुको प्रस्तुती रहने उनले बताए ।

तराईमा होली पर्वलाई बिशेष तवरले मनाउने परम्परा रहेको हुँदा आफनो कला संस्कृतिलाई जेगर्ना गर्नको लागि स्थानिय होली नृत्यहरुको प्रस्तुती रहने उक्त कटेजका संचालक कृष्ण रानाले बताएका छन् ।

पछिल्लो समय होली पर्वमा विकृती बसंगती फैलिएको भएर आफुहरुले बिशुद्ध रुपमा फागु पूर्णिमा अर्थात रंगहरुको होली खेल्ने व्यवस्था मिलाउने उनले बताए ।

साथै कार्यक्रममा बिभिन्न खेल लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने भएको छ ।

उक्त कार्यक्रममा ५ हजार जना दर्शकहरुले अवलोकन गर्ने अपेक्षा रहेको बताईएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार