Saturday, July 27, 2024

कञ्चनपुरका एसपी थापा विवादमाः प्रदेश ब्युरोले पक्राउ गरेका जुवाडेलाई एसपीले रातारात भगाए

प्रकाशित:

ऐश्वर्या कुवँर
महेन्द्रनगर । कञ्चनपुरमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका एसपी कमल थापा विवादमा पर्न थालेका छन् । यहि फागुन १ गते देखि जिल्लामा प्रहरीको नेतृत्व सम्हालेका एसपी थापा पैसा सहित पक्राउ परेका जुवाडेहरुलाई रातारात निःशर्त छोडेपछि विवादित बनेका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेकपा एमालेकी नेतृ कमला भट्टको घरमा जुवा तास खेलिरहेको एक समुहलाई सोमबार राती सुदूर पश्चिम प्रदेश प्रहरी अनुसन्धान ब्युरो कैलालीको टोलीले ४० हजार नगद रुपैँया र तासको बण्डल सहित पक्राउ गरेको थियो । भीनपा–४ भगतपुरमा एमाले नेतृ भट्टको घरमा जुवा चलिरहेको गोप्य सूचनाका आधारमा उक्त प्रहरीको टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई बुझाएको स्रोतको तर्क छ ।

हप्ता दिन अगाडी मात्रै जिल्लामा प्रहरी प्रमुखको नेतृत्व सम्हाल्न पुगेका थापाले राजनीतिक रंग सहित जुवाडेहरुलाई बिनासर्त रातारात छोडेको पाइएपछि महेन्द्रनगरमा उनको कार्यसम्पादन तथा मनोवृत्तिमाथि टिका–टिप्पणी हुन थालेका छन् । जुवा–तास खेलिरहेको अवस्थामा स–प्रमाण नगद रकम सहित पक्राउ परेका ७÷८ जनालाई एसपी थापाले उन्मुक्ति दिनुले समाजमा प्रयाप्त विकृति, विसंगती तथा अपराधका घटनाहरुमा लगाम लगाउने कसि(निकाय) निरिह बन्नेमा शंका गर्ने ठाउँ देखिएको छ ।

प्रहरी अनुसन्धान ब्युरो कैलालीलाई प्राप्त जानकारी अनुसार लामो समय देखि जुवा खेलाउने अड्डाको रुपमा रहेको एमाले नेतृ भट्टको घरमा ठुलो जुवा चलिरहेको पूर्व सुचनाका आधारमा छापा हानिएको स्रोत बताउछ । स्रोतका अनुसार उक्त जुवामा एक जना सशस्त्र प्रहरीका सई पनि रहेका थिए । त्यस्तै भीमदत्त नगरपालिकामा कार्यरत ड्राइभर पनि रहेको स्रोतको दाबि छ ।

कञ्चनपुर प्रहरी प्रमुख एसपी थापाले जुवाडे पक्राउ गर्ने अनुसन्धान ब्युरो कैलालीको टोलीका एक सदस्यलाई सुचना चुहावट गरेको भन्दै जागिर खाइदिने धम्की दिएको तथ्य समेत खुलेको छ । राजनीतिक आस्था एवं पकडका लागि एसपी थापाले पक्राउ परेका जुवाडेलाई रातारात छोडेका हुन् ।

एसपी थापाले कुनैपनि जुवाडेहरु पक्राउ नै नपरेको दाबि गरेका छन् । यद्यपी सुदूर पश्चिम प्रदेश प्रहरी अनुसन्धान ब्युरो कैलालीको टोलीले ४० हजार नगद रुपैँया र तासको बण्डल सहित पक्राउ गरेका भिडियो आभाषकुञ्ज संग सुरक्षित छ ।
यो तथ्य संगै प्रदेशको टोलीले जुवाडेहरु सहित बरामद गरेको नगद रकम जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई बुझाएको बताउदै आएको छ ।

कुनैपनि जुवाडेहरु पक्राउ नपरेको दाबि गर्दै आएका एसपी थापा, स–साना ‘इस्यू’ भन्दा ठुला ‘इस्यू’हरुमा पत्रकारहरुले ध्यान दिनुपर्ने तर्कराख्छन् । ‘कञ्चनपुरमा सोमवार राती कुनै पनि जुवाडेहरु पक्राउ परेका छैनन्’ एसपी थपाले भने, ‘पत्रकारहरुले यस्ता स–साना इस्यूहरु भन्दा ठुला इस्यूहरुमा ध्यान दिनुप¥यो । जुवा तासका त समान्य घटनाहरु हुन् ।’
२०७५ भदौ १ गते देखि कार्यान्वयनमा आएको नयाँ मुलुकी अपराध संहिता ऐनले जुवा खेल्ने वा खेलाउनेहरुलाई ३ वर्ष सम्म कैद र १० हजार जरिवाना लाग्ने व्यवस्था गरेको छ । कसैको घर, कोठा, सम्पत्ति र गाडिमा ठाँउ दिएमा त्यस्तालाई पनि जुवा खेल्ने सरह नै कार्वाहीको व्यवस्था गरिएको छ ।

कुनै पक्षले जितेमा वा हारेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल गुमाउने गरी बाजी राखेमा बाजीको सबै रकम प्रहरीले जफत गर्नुका साथै संलग्नलाई १ वर्ष सम्म कैद र १० हजार रुपँैया जरिवना गर्ने व्यवस्था जुवा ऐनमा उल्लेख गरिएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार