Saturday, July 27, 2024

दोहोरी गीत प्रतिष्ठानमा चुनावी गर्मी

प्रकाशित:

महेन्द्रनगर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आसन्न केन्द्रीय महाधिवेशनलाई प्रभावित पार्नेगरी कुनै प्रतिनिधि, उम्मेदवार वा संस्थाले आर्थिक लेनदेन गरेमा आचार संहिता अनुसार कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अध्यक्ष रमेश बीजी र महासचिव सुवास केसीले वक्तव्य जारी गर्दै सम्भावित लेनदेन रोक्न सचेत गराएका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशनको नाममा मत प्रभावित हुने आशय राखेर कोही कसैसँग लेनदेन गरेको यो लेनदेन गर्ने आशयसहितको कुरा गरेको प्रमाण फेला परेमा त्यसरी कुरा गर्ने प्रतिनिधि, उम्मेदवार या संस्था जोकोहीलाई पनि केन्द्रीय समितिले आफ्नो आचारसंहिताको अधीनमा रही कडाभन्दा कडा कारवाही गर्ने व्यहोरा जानकारी गराइन्छ ।’

फागुन १२ देखि १४ गतेसम्म धादिङमा हुन लागेको आठौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा संस्थाले चेतावनीपूर्ण वक्तव्य जारी गरेको हो । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्ने तयारी छ ।

जसका लागि चुनावी माहोल तातिएको छ र केही कलाकारले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष समेत रहेकी रीता थापा मगर अध्यक्षको उम्मेदवार बन्ने तयारीमा छिन् ।

जितेको खण्डमा उनी प्रतिष्ठानको पहिलो महिला अध्यक्ष बन्नेछिन् । अहिलेका प्रथम उपाध्यक्ष पशुपति शर्मा पनि अध्यक्षका आकांक्षी हुन् । अहिलेका द्वितीय उपाध्यक्ष रामजी खाँण प्रथम उपाध्यक्षका लागि आकांक्षी हुन् ।

महिला उपाध्यक्षमा राधिका हमालले कार्यकाल दोहोर्‍याउने मनस्थिति बनाएकी छिन् । महासचिवमा शिव हमाल आकांक्षी छन् । शंकर बीसी र कुलेन्द्र विश्वकर्माले तृतीय उपाध्यक्षमा आउने चाहना व्यक्त गरेका छन् । तर कसैले पनि सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् ।

नयाँ संस्था खोल्ने तयारीमा रहेका गायक विष्णु खत्रीले अध्यक्षमा उम्मेदवारी दिने सम्भावना न्यून छ । उनी केही सातामै बलबहादुर कार्कीलाई अध्यक्षमा नियुक्त गर्दै नयाँ संस्था खोल्ने तयारीमा छन् ।

ताजा समाचार

सम्बन्धित समाचार