Thursday, March 28, 2024

वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुदैँन : प्रधानमन्त्री दाहाल

प्रकाशित:

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास नहुने बताएका छन् ।

बालुवाटार स्थित निवासमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसहितको टोलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भएको बताएका हुन् ।

‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन, नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन ।’

विज्ञान प्रविधिको विकासका लागि विद्यमान ऐनमा देखिएका समस्या समाधान गर्ने आश्वासनसमेत उनले दिएका थिए । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख पनले विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी हुनुपर्ने बताएका थिए ।

उनले कृषि, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर नेपाल निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीन बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायत सहभागी थिए ।

ताजा समाचार

सम्बन्धित समाचार