Saturday, July 27, 2024

पुनर्वास नगरपालिका- ४ सीमा क्षेत्रबाट लाखौँ भारु रकम सहित ३ जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका- ४ सीमा क्षेत्रबाट लाखौँ भारु रकम सहित ३ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रबार पुनर्वास नगरपालिका ४ क्षेत्रबाट १५ लाख भन्दा बढि रकम सहित तीन जालाई पक्राउ गरेको हो ।

पुर्नवासका स्थानीय पत्रकारकै सामु पक्राउदेखि उनीहरुमाथि खान तलासी गरेपनि सशस्त्र प्रहरीले यस बारेमा अहिले आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।

तर सशस्त्र प्रहरी स्रोतका अनुसार १५लाख २८ हजार रुपैँया भारु सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदाबरी नगरपालिका ८ कैलालीका अमर भुल, खडक सिह भुल र आलिताल गाँउपालिका ५ डडेल्धुराका बिरेन्द्र सार्की रहेका छन ।

उनीहरुले सशस्त्र प्रहरी सामु मालिकको घरबाट चोरी गरेर ल्याएको बयान दिएका छन । घटनाबारेमा सशस्त्र प्रहरीले थप अनुसन्धान भईरहेको भन्दै आधिकारिक रुपमा जानकारी दिएको छैन ।

 

ताजा समाचार

सम्बन्धित समाचार