महेन्द्रनगर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई वेदकोट नगर उद्योग वाणिज्य संघले सम्मानपत्र प्रदान गरेका छन् ।

दैजी–छेला औद्योगिक क्षेत्रको निरीक्षणका अवसरमा वेदकोट नगर उद्योग वाणिज्य संघले दुई साताभित्रै मन्त्री परिषदको बैठकबाट औद्योगिक क्षेत्रको नाममा जग्गा भोगाधिकारको निर्णय गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

औद्योगिक क्षेत्रको कार्यालय ८ गते उद्घाटन गरिने भएको छ । सोही कार्यक्रममा नगर उद्योग वाणिज्य संघले मन्त्री भण्डारीलाई सम्मानसमेत गरेको छ ।

मन्त्री भण्डारीलाई वेदकोट नगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर चन्दले सम्मानपत्र प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा पूर्व अध्यक्ष शिवराज पाण्डे र हेमराज पाण्डे सहभागी भएका थिए ।