Friday, April 26, 2024

कञ्चनपुरलाई औद्योगिक क्षेत्रकै हब बनाएसंगै सुदूरका कुनैपनि युवाले कामका लागि विदेशीनु पर्दैन : मन्त्री भण्डारी

प्रकाशित:

महेन्द्रनगर । शुक्रबार बेदकोट नगरपालिका-२ छेला औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले
कञ्चनपुरलाई औद्योगिक क्षेत्रकै हब बनाउने बताएका छन् ।

औद्योगिक हब बनाएसंगै सुदूरका कुनैपनि युवाले कामका लागि विदेशीनु नपर्ने अवस्था सृजना गर्ने बताएका छन् ।

सुख्का बन्दरगाह, महाकाली कोरिडोर निर्माण गर्दै त्रिदेशीय नाका विस्तार र दैजीछेला औद्योगिक क्षेत्र विस्तार गरेर जिल्लालाई औद्योगिक क्षेत्रकै रुपमा अघि बढाउने बताउए ।

मन्त्रालयले कार्य योजना नै बनाएर अघि बढ्ने बताउदै मन्त्री भण्डारीले सुदूरपश्चिमलाई विकासको मुल प्रवाहमा ल्याउनका लागि कुटिया दिपायल सडक, सेती लोक मार्ग, हरैया विशेष आर्थिक क्षेत्र सहितका योजना अघि बढाईने बताए ।

‘सुदूरमा रहेका यि थुप्रै औद्योगिक क्षेत्र अघि बढाउँदै रोजगारीका अवसर सृजना गछौँ, ‘मन्त्री भण्डारीले भने, अब उपरान्त कुनै पनि सुदूरकी आमाको कोखबाट जन्मिएको सन्तानले रोजगारीका लागि विदेशीन पर्दैन ।’

दैजी छेला औद्योगिक क्षेत्रलाई भोगाधिकारमा ल्याएर कार्यान्वयनका लागि ५ अर्ब बढी बजेट माग गरिएको बताए । विदेशी लगानी भित्र्याउदै सुदूरका औद्योगिक क्षेत्र अघि बढाउने मन्त्री भण्डारीको भनाई छ ।

मन्त्री भण्डारीले दैजी छेला औद्योगिक क्षेत्र सुख्खा बन्दरगाह, हरैयामा बन्ने विशेष आर्थिक क्षेत्रले सिङो मुलुककै आर्थिक समृद्धि हुने बताए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड नेपालगञ्जका प्रमुख कृष्ण पुनले दैजी छेला औद्योगिक क्षेत्रको काम अन्तिम चरणमा पुगेको बताएका छन् । वातावरणी प्रभाव मुल्याङ्गन प्रतिवेदन र डिपिआर तयार भईरहेको बताए ।

रुखहरुको छपान र नम्बरिङ्ग अन्तिम चरणमा पुगेको बताउदै पहिलो डिपिआर अनुरुप २५ हजार, ९७८ रुख रहेको अहिले ४३ हजार भन्दा बढि रुख भएकाले छपान कार्यमा केढी ढिलाई भएको बताए ।

भोगाधिकारका लागि अन्तर मन्त्रालयसंग समन्वय भईरहेको बताए । बेदकोट उद्योग वाणिज्य संघले लामो समयदेखि संचालन हुन नसकेको दैजी छेला औद्योगिक क्षेत्र संचालनमा जोड दिएका छन ।

बेदकोट उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बहादुर चन्दले ०५२ सालदेखि नियमित यस क्षेत्रका निजी एव राजनीतिक तहबाट दैजी छेला औद्योगिक क्षेत्र विस्तारका लागि आवाज उठ्दै गएपनि अहिलेसम्म पुरा हुन नसकेको बताए ।

५ बर्षअघिकै डिपिआर अनुरुप काम भईरहेको भन्दै उनले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कञ्चनपुरमै इकाई कार्यालय खोलेर कामकाज अघि बढाउन उद्योगमन्त्री भण्डारीको ध्यानाकर्षण गराए ।

रुद्रपुरमा ५रुपैँयामा उत्पादन भएको बस्तु बिरगन्ज नाका हुँदै पुन कञ्चनपुर पुग्ने बस्तुको १५ रुपैया तिर्नुपर्ने उपभोक्ताको बाध्यता हटाउनका लागि समेत औद्योगिक क्षेत्र संचालनमा जोड दिए ।

बेदकोट उद्योग वाणिज्य संघका महासचिव रामचन्द्र रेग्मीले फागुन भित्रै भोगाधिकार हस्तान्तरण गर्दै औद्योगिक क्षेत्रको कामकाज अघि बढाउनुपर्नेमा जोडदिए ।

सुदूरपश्चिम प्रदेशका निर्वतमा मुख्यमन्त्री राजेन्द्र सिह रावलले प्रदेशको सम्बृद्धिका लागि समेत औद्योगिक क्षेत्र संचालनमा जोडदिए । २०७२ साल चैत १ गते सरकारले ९ सय विगाह क्षेत्रफलमा दैजी छेला औद्योगिक क्षेत्र विस्तार गर्ने निर्णय गरेको थियो ।

२०७८ साल फागुन १० गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । भोगाधिकार बिनै शिलान्यास भएकाले योजनाले गति लिन नसकेको स्थानीयको भनाई छ ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार