
महेन्द्रनगर । आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते ‘जनयुद्ध दिवस’का अवसरमा नेपाल रज्यभर सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
२०५२ फागुन १ गतेबाट सुरु सशस्त्र युद्ध सुरु भएको दिनको सम्झनामा माओवादीले फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउँदै आएको छ ।
यसैका अवसरमा यसपटक आफ्नै नेतृत्वमा सरकार रहेको हुँदा जनयुद्ध दिवसको सार्वजनिक बिदा घोषणा गरेको हो ।
२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा भएपछि सशस्त्र युद्धमा होमिएको माओवादी राजनीतिक मूलधारमा आएको थियो ।
