Friday, April 19, 2024

नेपाल मगर संघ कञ्चनपुरको अध्यक्षमा पुनम थापा मगर निर्वाचित

प्रकाशित:

महेन्द्रनगर । नेपाल मगर संघ कञ्चनपुरको जिल्ला अध्यक्षमा पुनम थापा मगर निर्विरोध निर्वाचित भएकी छिन् । संघका जिल्ला अध्यक्ष दिलबहादुर थापामगरको अध्यक्षता एवं संघका केन्द्रीय सदस्य ज्ञानबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको नेपाल मगर संघ कञ्चनपुरको १७ औ जिल्ला अधिबेसनबाट पुनम अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।

जिल्ला अधिबेशनबाट संघको उपाध्यक्षमा केशव राना मगर, सचिवमा सञ्जय सारु मगर, सहसचिबमा राम चन्द्र थापा मगर, कोषाध्यक्षमा नरेन्द्र राना मगर निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यमा नरेश थापा मगर, किशन बहादुर मगर, पबित्रा रोका मगर, लेख बहादुर राना मगर, देबु थापा मगर, तुल बहादुर थापा मगर, मनमाया थापा मगर, खडक रोका मगर, तिल बहादुर रेगामी मगर र मनोज थापा चयन भएका छन् ।

संघको १२औं राष्ट्रिय महाधिवेशनले दिइएको म्याण्डेट मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माणमा लागि परेको केन्द्रिय सदस्य ज्ञान बहादुर घर्तिमगरले बताए । उनले मगरात सभ्यताको आधारहरुलाई पहिचान गर्दै लिपीबद्ध गरेर ऐतिहासिक दस्तावेज तयार गर्ने काममा केन्द्रिय कमिटि जुटिरहेको बताएका छन् ।

कार्यक्रममा नेपाल मगर संघका पूर्व महासविच विरबहादुर बुढाथोकीमगर, पूर्व उपाध्यक्ष नरविर पुनमगर, सुदुरपश्चिम प्रदेशका अध्यक्ष कमल थापामगर, पूर्व केन्द्रीय पदम बहादुर थापामगर, निवर्तमान प्रदेश बरिष्ठ उपाध्यक्ष किर्ती थापामगर, नेपाल मगर महिला संघका केन्द्रीय सदस्य गंगा थापामगर लगायत अन्य संघसंस्थाका प्रतिनिधिकरु सहितको उपस्थिति रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार