Saturday, July 27, 2024

फागुन १ गते देखी कञ्चनपुरमा लाग्ने औद्योगिक व्यापार मेलाको तयारी सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । फागुन १ गते देखी कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने अर्को सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगरको खुुला मञ्चमा फागुन १ गते देखी १० गते सम्म आयोजना हुन गईरहेको सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव
०७९ सम्पुर्ण तयारी पुरा भएको हो ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष्य पिताम्वर जोशीले महोत्सवको सम्पुर्ण तयारी पुरा भई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाट बिहान ११ः३० बजे समुदघाटन हुने जानकारी दिए ।

महोत्सवमा राखिएका स्टलहरु बुकिङ्ख भई सकेको र सुरक्षा व्यवस्था समेत चुस्त दुरुस्त राखिएको, सुरक्षाका लागी सिसिटिभी क्यामेरा जडान गर्ने काम समेत सम्पन्न भईसकेको समेत उनले बताए ।

‘कृषि उत्पादन र स्वरोगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ महोत्सवकोे १४ औँ संस्करण संचालन हुन लागेको हो ।

महोत्सवमा स्थानीय बस्तु तथा सेवा, पर्यटन, कला संस्कृतिको प्रर्बद्धन, लघु उद्यम, अटो प्रर्दशनी, कृषि गारमेन्ट,वाल उद्यान सहित सुदूरपश्चिमको लोक संस्कृति प्रस्तुत गरिनेछ ।

महोत्सवमा स्थानीय प्रतिभाहरुलाई समेत उच्च प्राथमिकता दिईने र राष्ट्रिय कलाकारहरुको समेत उल्लेख्य सहभागिता रहने छ ।

महोत्सवमा बिक्री हुने प्रति टिकटबाट एक रुपैयाँ छुट्टाएर समाजिक काममा लगाईने पनि वाणिज्य संघले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार