महेन्द्रनगर । भीमदत्त–१८ भासीमा रहेको मेधावी स्कुलले १४ औं वार्षिकोत्सव मनाएको छ । कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाई हुँने मेधावी माद्यमिक विद्यालयले शनिवार १४ औं वार्षिकोत्सव मनाएको हो ।
२०६५ सालमा स्थापना भएको मेधावी स्कुल महेन्द्रनगरमा गुणस्तरिय शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको रुपमा स्थापित छ । सुरुमा ‘होली चिल्ड्रेन एकेडेमीका’ नामले सञ्चालनमा आएको विद्यालयले २०७२ मा नाम परिवर्तन गर्दै मेधावी स्कुल कायम गरिएको सञ्चालक समिति अध्यक्ष तथा प्रिन्सिपल महाशर्मा न्यौपानेले बताए ।
५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसर पारेर ‘मेधावी स्टार अवार्ड’ एकजना विद्यार्थीलाई वितरण गर्दै आएको छ । यस वर्ष कक्षा १० मा अध्ययनरत छात्र राकेश महराले ‘मेधावी स्टार अवार्ड’ पाएका छन् ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले तीन ओटा अभियनका श्रृंखला समेत प्रस्तुत गरेका छन् । मोवाईल फोनको दुरुपयोग र अभिवावकको लापर्वाहीका कारण विद्यार्थीमा पर्ने नकारात्मक प्रभाव, कक्षा १२ पास गरेपछि नेपालमा रोजगारीको अभावका कारण विदेशीनु पर्ने बाध्यता र २०७५ साउन ११ मा कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या र न्याय तथा छानबिन प्रक्रियामा ढिलासुस्ती लगायतका प्रसंगलाई समेटेर मेधावी स्कुलको वार्षिकोत्सवका अवसरमा विद्यार्थी कलाकारहरुले नाटक तथा अभिनय समेत प्रस्तुत गरेका हुन् ।
वार्षिकोत्सवकै अवसरमा कक्षा १ देखि १० सम्म प्रथम हुने विद्यार्थीहरु पुरस्कृत भएका छन् । त्यस्तै, उत्कृष्ट क्याप्टेन, मेधावी चिल्ड्रेन क्लब, विद्यालयमा रहेको नेपाल स्काउट समुह, विभिन्न खेल समुहरुमा उत्कृष्ट विद्यार्थीहरुका साथै विद्यालयको विभिन्न जिम्मेवारीमा रहेका विद्यार्थीहरु पुरस्कृत भएको प्रबन्धक/प्रिन्सिपल न्यौपानेले बताए ।
उक्त विद्यालयको १४ औं वार्षिकोत्सव कार्यक्रम समारोहमा विद्यालयका अध्यक्ष गौराज बहादुर लिम्बु सभापति रहेको थिए, भने भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी प्रमुख अतिथी रहेका थिए । बिशिष्ट अतिथीहरुमा विद्यालयका प्रमुख सल्लाहकार लिलाध्वज बस्नेत, भीनपा–१८ का वडाध्यक्ष रविन्द देवकोटा लगायतको आतिथ्य रहेको थियो ।